ग्रीन भेन्चर्सको आइपीओमा परेन माग अनुसार आवेदन, एक साता समय थप



काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको साधारण सेयर (आइपीओ)मा माग अनुसार आवेदन नपरेपछि आवेदन दिने समय थपिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपीओ निष्काशन गरेको थियो । फागुन २ गतेदेखि निष्काशन गरेको आइपीओमा माग अनुसार आवेदन नपरेपछि अब फागुन २३ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओमा ओखलढुंगा जिल्लाको खिजिदेम्बाब गाउँपालिका-१, २ तथा ३ र लिखु गाउँपालिका वडा–९ का स्थानीयले आवेदन दिन पाउनेछन् भने रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१ र २ तथा उमाकुण्ड गाउँपालिका–७ का स्थानीयले सेयरमा आवेदन दिन पाउनेछन् ।

स्थानीयलाई ३१ लाख २५ हजार कित्तामा सेयर छुट्याइएको छ । जसमा स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । यसको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । स्थानीयले लक्ष्मी बैंक मन्थली रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिखु रामेछाप तथा मेगा बैंकको खिजिदेम्बा र मन्थली शाखाबाट आवेदन दिन सक्नेछन ।


क्लिकमान्डु