भ्रम छरेर समाज विषाक्त बनाउने अहिले व्याख्यात्मक टिप्पणीका नाममा लौंगटी लगाउने ?: भट्टराई



काठमाडौं । जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई एमसीसीका नाममा कित्ताकाट गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले आइतार संसदमा बोल्दै एमसीसीका विषयमा राजनीतिक रुपमा समाज विषाक्त बनाइएको समेत आरोप लगाए ।

उनले नेकपा एकीकृत समाजबादी र माओवादी केन्द्रलाई इंकित गर्दै व्याख्यात्मक टिप्पणीमार्फत् पातलो लौंगटी लगाएर जनतामा जान खोज्नु राम्रो हो । ढिला आए पनि राम्रो निर्णय आएको उनले बताए ।

‘हिजो तलतलसम्म बिषाक्त बनाएर आफैलाई गाह्रो बनाउनु भयो,’ उनले भने, ‘हामीहरु बोल्न डराइरहेका छौं । हामी आफ्नै संसदीय क्षेत्रमा जान डराइरहेका छौं ।’

उनले एमसीसी जस्तो सामान्य अनुदानको सम्झौतालाई कोट्याएर क्यान्सर बनाएर विषाक्त बनाएको आरोप लगाए ।

उनले हिजो प्रधानमन्त्री हुँदा एमसीसी सम्झौता अघि बढाउने अहिले भ्रम छर्ने काम भएको बताए । उनले पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, झलनाथ खनाल र प्रचण्डले यतिबेला आएर एमसीसीका विषयमा भ्रम छरेको आरोप लगाए ।


क्लिकमान्डु