२५ करोड लगानी गर्दैै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ करोड रुपैयाँ निक्षेपका लगानी गर्ने भएको छ । राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानीगर्न लागेको छ ।
चैत १ देखि २०७९ फागुन ३० गतेसम्मको लागि मुद्दती निक्षेपमा राख्न लागेकोले सोमबार ५ बजेसम्म प्राप्त हुने ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।
राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा २० करोड, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ३ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा १ करोड २५ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।


क्लिकमान्डु