२६ कम्पनीले ७ अर्बभन्दा बढीको आइपीओ ल्याउँदै, सूचीसहित



काठमाडौं । विभिन्न २६ वटा कम्पनी ७ अर्ब २६ करोड ६९ लाख २८ हजार ९०० रुपैयाँको ६ करोड ५९ लाख ४९ हजार २८९ रुपैयाँको आइपीओ ल्याउने तयारीमा जुटेका छन् ।

यी कम्पनीहरुले आइपीओ निष्काशन गर्नको लागि भन्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

साधारण सेयर निष्काशन गर्न बोर्डको पाइपलाइनमा रहेका कम्पनीमा २० वटा त जलविद्युत कम्पनी नै रहेका छन् । बाँकी रहेका कम्पनीमा बीमा कम्पनी २ वटा, माइक्रोफाइनान्स २ वटालगायत कम्पनी छन् ।

पाइपलाइनमा रहेका २६ वटा कम्पनीमा रिलायबल लाइफ इन्स्योरेन्सले भने प्रिमियममा ११२ रुपैयाँ थपेर २१२ रुपैयाँ प्रतिकित्ताका दरले आइपीओ निष्काशन गर्न लागेको जनाएको छ । तर कम्पनीले धितोपत्र बोर्डले अनुमति नदिएका कारण आइपीओ निष्काशन गर्न पाएको छैन ।

आइपीओ निष्काशनको तयारीमा रहेका अन्य कम्पनीमा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी डिस मिडिया नेटवर्क, उपकार लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, सिवाईसि नेपाल लघुवित्त कम्पनी छन् ।

बोर्डको पाइपलाइनमा २ वर्षभन्दा लामो समयदेखि पनि केही कम्पनी रहेका छन् । हिमालयन पावर कम्पनीले २०७६ कात्तिक २७ गते आइपीओ निष्काशन गर्ने भन्दै बोर्डमा पुगेको थियो ।

२०७६ माघ १ गते विन्धाबासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी बोर्डको पुगेको थियो । २ वर्ष पुरा हुँदा पनि कम्पनीले आइपीओ निष्काशन गरेको छैन । अझै पनि पाइपलाइनमै छ ।

आइपीओ निष्काशन गर्न भन्दै २०७७ असार ३० गते बोर्डमा पुगेको डिसहोम मिडिया नेटवर्कले पनि अझैसम्म आइपीओ निष्काशन गरेको छैन ।

बोर्डको पाइपलाइनमा मोलुङ हाईड्रोपावर कम्पनी, थ्रिस्टार हाईड्रोपावर, सिक्लेस हाईड्रोपावर, सु्परमाइ हाईड्रोपावर, सान्जेन जलविद्युत कम्पनी (स्थानीय), इन्स्टर्न हाईड्रोपावर, एसियन हाईड्रोपावर, रसुवागढी हाईड्रोपावर (स्थानीय), पिपुल्स पावर, मन्दाकिनी हाईड्रोपावर, दोर्दीखोला जलविद्युत कम्पनी, अप्पर सोलू हाईड्रो इलेक्ट्रिसिटी कम्पनी, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनी लगायतको आइपीओ बोर्डको पाइपलाइनमा रहेका छन् ।

धितोपत्र बोर्डमा अध्यक्ष नभएका कारण करिब ६ महिना कुनै पनि कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएनन् । अहिले भने बोर्डले अध्यक्ष पाइसकेको छ । पछिल्लो करिब १ महिनाको अन्तरमा ३ वटा कम्पनीले आइपीओ निष्काशन गरिसकेका छन् ।


क्लिकमान्डु