प्रि-ओपनिङमा सेयर बजार सुस्त



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सुस्तता छाएको छ । बजार प्रि-ओपनिङमा ४.९९ अंकले घटेर परिसूचक २७१५.४४ बिन्दुमा रहेको छ ।

४१ कम्पनीको ६ हजार ३१३ कित्ता सेयर ३४ लाख ५१ हजार ४७ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक २.४१, जलविद्युत समूहको उपसूचक १२.२४ अंकले घटेको छ भने विकास बैंक १९.०्र६, फाइनान्स २.७७, जीवन बीमा १९.६१, माइक्रोफाइनान्स समूहको उपसूचक ०.३२ अंकले बढेको छ ।


क्लिकमान्डु