सेबोनका पूर्वअध्यक्ष ढुंगानाको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश



काठमाडौं । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भिष्मराज ढुंगानाको रिटमा सर्वोच्च अदालतले अन्तिरम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोत्तम सिमेन्टको ओटीसी बजारमार्फत् छोरीका नाममा सेयर खरिद गरेपछि विवादमा तानिएका ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो । जसको विरुद्धमा सर्वोच्च अदालतमा ढुंगानाले रिट दर्ता गरेका थिए ।

बिहीबार उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीशहरु मीरा खड्का, आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको पूर्ण इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै ढुंगाना बोर्डमा फर्कन सम्भावना करिब सकिएको छ ।

बिहीबार नै सेबोनको अध्यक्षमा सरकारले रमेश हमाललाई नियुक्त गरेको छ ।


क्लिकमान्डु