सेबोनका नवनियुक्त अध्यक्ष हमालले भनेः साना लगानीकर्ताको हितमा काम गर्छु



काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले साना लगानीकर्ताको हितमा काम गर्ने बताएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई अध्यक्षमा नियुक्त गरेको हो । अध्यक्षमा नियुक्त भएपछि क्लिकमाण्डूसँग कुरा गर्दै हमालले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘सेयर बजार स्थायित्व हुनुपर्छ, हामी सबैले यसको अर्गानिक ग्रोथ खोजिरहेका छौं’ उनले भने ‘हामी सबैको अपेक्षा त्यही हो । त्यही अनुसार मैले काम गर्ने छु ।’

यो बजारमा अर्गानिक ग्रोथ भएको खण्डमा लगानीकर्ता र सरकारलाई पनि फाइदा नै हुन्छ । ‘साना लगानीकर्तालाई पनि फाइदा हुन्छ, सरकारलाई पनि लाभ नै हुन्छ’ उनले भने ‘बजारलाई स्वच्छ र पारदर्शी बनाउन लाग्ने छु, हामी सबैको प्रयास त्यही हुनपर्छ ।’

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो ।


क्लिकमान्डु