धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओको ल्याउने



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ लाख ३१ हजार कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । त्यसको लागि प्रभु क्यापिटललाई सेयरको प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ ।

उक्त नियुक्ति सम्बन्धी सम्झौतामा धौलागिरी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहरा तथा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

संस्थाको राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । यसको प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका-२, श्री नगर टोलमामा रहेको छ ।

२०७५ फागुन १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ । हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखामार्फत करिब ३४,५०० सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।


क्लिकमान्डु