प्रि-ओपनिङमा सेयर बजारले लियो सकारात्मक लय



काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारले सकारात्मक लय समातेको छ ।

प्रि-ओपनिङमा बजार २.३६ अंकले बढेर परिसूचक २७०३.३४ बिन्दुमा रहेको छ । १५ कम्पनीको २ हजार ९६५ कित्ता सेयर १६ लाख ४४ हजार ९९५ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ६.३३ अंकले बढ्दा माइक्रोफाइनान्स १.४१ अंकले बढेको छ भने उत्पादन तथा प्रशोधन समूहको उपसूचक ५४.०२ अंकले घटेको छ ।


क्लिकमान्डु