सतकको गिरावटपछि सेयर बजार स्थिर



काठमाडौं । सोमबार सेयर बजार स्थिर बनेको छ । इन्ट्रा डे कारोबारमा बजार २७२८.१३ बिन्दुमा पुगेको थियो भने घटेर २६९६.३७ बिन्दुमा पुगेको थियो । पुनः कसेक्सन देखिएको बजार अन्तिम समयसम्म टिक्न सकेन ।

बैंकहरुले ब्याजदर बढाएपछि आइतबार १०० अंकले घटेको बजार सोमबार भने सामान्य लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।
जसले गर्दा यो दिन बजारमा स्थिर बनेको छ । बजार स्थिर बन्दा नेप्से परिसूचक २७००.९८ बिन्दुमा रोकिएको छ ।

२२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता सेयर ३ अर्ब ६८ करोड ४० लाख ९१५ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा केही समूहको उपसूचकमा गिरावट र केहीमा सुधार देखिएको छ ।

बैंकिङ समूहको ३.२२, निर्जीबन बीमा १४.३६, उत्पादन तथा प्रशोधन ३५.२८, अंकले घटेको छ । यस्तै विकास बैंकको १६.३२, जलविद्युत ५.३७, वित्त ४.८८, माइक्रोफाइनान्स १३.४, जीवन बीमा समूहको उपसूचक ५२.४९ अंकले बढेको छ ।


क्लिकमान्डु