जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आज कतिबजे हुँदैछ बाँडफाँट ?



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ ।

बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे आइपिओको बाँडफाँट गरिने भएको छ । आइपीओमा २६ लाख ५९ हजार ५४० जना आवेदकले ३ करोड २६ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । आइपीओमा माग भन्दा ६६.६५ गुणा बढी आवेदन परेको छ ।

कम्पनीले माघ २१ देखि २५ गतेसम्मका लागि ५ करोड २२ लाख रुपैयाँको ५ लाख २२ हजार कित्ता आइपीओ निष्काशन गरेकोमा ८ हजार कित्ता कम्पनीका कर्मचारी र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर सर्वसाधारणलाई ४ लाख ८७ हजार ९०० कित्ता निष्काशन गरेको थियो ।


क्लिकमान्डु