इमर्जिङ नेपालको आइपीओमा साढे २१ लाख बढीले दिइसके आवेदन !



काठमाडौं । इमर्जिङ नेपालको आइपीओमा २ अर्ब ४९ करोड ७८ लाख ४१ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएससीका अनुसार आइतबार बिहानसम्म् २१ लाख ५६ हजार ९६३ जनाले २ करोड ४९ लाख ७८ हजार ४१० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले माघ २६ गतेदेखि आइपीओ निष्काशन गरेको हो । यो आइपीओमा न्यूनतम १० देखि अधिकतममा १ हजार कित्तासम्म लागि आवेदन दिन सकिने छ ।

प्रतिकित्ता १०० रुपैयाँको दरले निष्काशन गरेको ५ लाख ५५ हजार ६०० कित्तामा ११ हजार ११२ कित्ता सेयर कर्मचारी र २७ हजार ७८० कित्ता म्युचुअल फन्डको लागि छुट्याएको छ भने ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणका लागि रहेको छ ।

आइपीओको बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटल रहेको छ । आइपीओमा धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ । आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ रेटिङ दिएको छ ।


क्लिकमान्डु