विकास बैंक र फाइनान्स कम्पनीको निक्षेपको ब्याजदर १२% पुग्ने



काठमाडौं । विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याजदर बढाउने भएका छन् ।

नेपाल बैंकर्स संघले फागुनदेखि लागू हुने गरी ब्याज बढाउने निर्णय गरेसँगै विकास बैंक र फाइनान्स कम्पनीले पनि ब्याज बढाउने निर्णय गरेका हुन् ।

राष्ट्रिय स्तरका विकास बैंकले एक वर्षे मुद्दती निक्षेपको ब्याज (व्यक्तिगत तर्फ) ११.५५ प्रतिशत र क्षेत्रिय स्तरका विकास बैंककाे ११.६५ प्रतिशत हुने एक विकास बैंकका एक सीइओले बताए ।

यस्तै फाइनान्स कम्पनीको भने एक वर्षे मुद्दती निक्षेपको ब्याज (व्यक्तिगत तर्फ) ११.७१ प्रतिशत पुग्नेछ ।

वाणिज्य बैंककाले ब्याजदर बढाएपछि बजारमा टिक्नको लागि भएपनि ब्याजदर बढाउने परेको फाइनान्स कम्पनीको सीइओको भनाइ छ । वाणिज्य बैंकको तुलनामा फाइनान्स कम्पनीले दिने ब्याज करिब १ प्रतिशत भन्दा कम अन्तर रहेको छ ।


क्लिकमान्डु