इमर्जिङ नेपालले माघ २६ गतेदेखि आइपीओ निष्कासन गर्ने



काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले आगामी माघ २६ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रति साधारण सेयर १ सय रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अथाएत् २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो ।

कम्पनीको आइपीओ निष्कासन माघ २६ गते भइ छिटोमा फागनु १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ ।


क्लिकमान्डु