इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद र ५ अर्ब ६७ करोड क्षतिपूर्ती माग



काठमाडौं । सहकारीका बचतकर्ताको रकम हिनामिना गरी ठगी गरेको आरोपमा पक्राउ परेका इच्छाराज तामाङविरुद्ध ८ वर्ष कैद सजाय माग गरिएको छ ।\

शुक्रबार सरकारी वकिल कार्यालयमार्फत् जिल्ला अदालत काठमाडौंमा दायर गरिएको अभियोगपत्रमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना माग गरिएको छ । साथै, बालबालिका, होस ठेगाना नरहेने व्यक्ति, असाहय, निरक्षर वा ७५ वर्षभन्दा माथि व्यक्तिलाई ठगी गरेमा हुने थप एक वर्षसम्म कैद सजाय गरी ८ वर्ष कैद सजायको माग गरिएको छ ।

विभिन्न १ हजार ५०२ जना व्यक्तिबाट प्राप्त उजुरीका आधारमा हालसम्म ५ अर्ब ६७ करोड रुपैयाँभन्दा बढी क्षतिपूर्ती समेत माग गरिएको छ ।


सोभित थपलिया