सामाजिक सुरक्षा कोषले वितरण गर्यो ५२ आश्रित परिवारलाई आजीवन पेन्सन



काठमाडौं । सामाजिक सुरक्षा कोषले चौथो सामाजिक सुरक्षा दिवसका अवसरमा कोषमा आबद्ध भएका श्रमिकको विभिन्न कारणले मृत्यु भएका योगदानकर्ताका ५२ आश्रित परिवारलाई आजीवन पेन्सन वितरण गरेको छ ।

कोषले काठमाडौं, विराटनगर र बुटवलमा कार्यक्रम सञ्चालन गर्दै ५२ परिवारलाई पेन्सन वितरण गरेको हो ।

श्रम, राजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले नयाँ कामको शुरुवात भएकाले केही कमीकमजोरी देखिएको थियो । सरकारले गत वर्षको माघमा कार्यविधि संशोधन गरेर उल्लेख्य रोजगारदाता र श्रमिक आबद्ध भएको बताए ।

तर, उक्त संख्या हेर्दा सन्तोषजनक नरहेको जिकिर गरे न्यायको हिसाबले श्रमिकका लागि कोष निकै महत्वपूर्ण रहेको छ । त्यसैले सबैलाई सहज हुने गरी सातै प्रदेशमा शाखा विस्तार गर्ने बताए । बैंक तथा वित्तिय संस्थाको हकमा सरकारले सम्बोधन गर्ने उनको दाबी छ ।

कोषबाट प्रदान गर्ने योजनामार्फत् सबै रोजगारदाता र श्रमिक सबै आबद्ध हँदै जाने उनको विश्वास छ । श्रमिकको सामाजिक सुरक्षा कोषले श्रमिकको हकअधिकार सुनिश्चित हुने उनले उल्लेख गरे । साथै, कोषको बाहिर कोही पनि श्रमिक नहुने उनको भनाइ छ ।

मन्त्रालयका सचिव सूय प्रसाद गौतमले श्रमिकको संवैद्यानिक हक सुनिश्चित गर्न कोष स्थापना भएको बताए । उनकाअनुसार हालसम्म आबद्ध भएका हिसाबले उपलब्धी भएको छ । यसलाई सकारात्म रुपमा लिनुपर्छ ।

यसले अप्ठ्योरोको अवस्थामा सहयोग गर्ने भएकाले कोषलाई सकारात्मक पक्षले हेर्नुपर्नेमा जोड दिए । अस्थायी तथा निजी क्षेत्रमा आबद्ध भएका श्रमिकलाई पनि आबद्ध गर्ने कार्यहरु भइरहेको जानकारी दिए ।

त्यससँगै, छोटो अवधिमै सरकारले पेन्सन उपलब्ध गर्न सफल भएको जिकिर गरे । साथै, आबद्ध नभएका प्रतिष्ठानलाई पनि आबद्ध हुन अनुरोध गरे । कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीलले सामाजिक सुरक्षा कोषको कार्याविधिलाई संशोधन तथा परिमार्जन गरी कोषलाई योगदानमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

कोषमा हालसम्ममा १५ हजार ८ सयबढी रोजगारदाता र २ लाख ९५ हजार बढी श्रमिक आबद्ध भएका छन् । उक्त आबद्ध भएकामध्ये १२३ आश्रित परिवारले निरन्तर पेन्सनको पाउने भएका छन् । कार्यक्रममा रोजगारदाताका तर्फबाट उपस्थित भएका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विकसित मुलुकमा पनि कोष लागू गरेको धेरै समयपछि प्रभावकारी भएको बताए ।

त्यसैले नेपालमा पनि पहिलो शुरुवाती भएकाले नयाँ थालनी भएको बताए । उनकाअनुसार नेपालमा पनि विस्तरै प्रभावकारी हुँदै जानेछ । कोषमा पहिलो चरणमा कार्यविधिलगायत अन्यमा कमी कमजोरी देखिए त्यसलाई कोषले विस्तारै परिमार्जन गरी लैजानुपर्ने बताए ।

अखिल ट्रेड युनियन महासंघका अध्यक्ष जगतसिंह सिम्खडाले नेपालमा भएका प्रतिष्ठानको तुलनामा निकै न्यून प्रतिष्ठान मात्रै आबद्ध भएको बताए । कोषमा धेरै अस्पष्ट रहेको बताउँदै उनले आगामी दिनमा अस्पष्टलाई फुकाउँदै लैजानुपर्नेमा जोड दिए ।


क्लिकमान्डु