एकवर्ष नबित्दै २ वटा मेडिकल कलेज किनेका डा. सुनिल शर्मा छोटो समयमै यसरी बने अर्बपति



काठमाडौं । पछिल्लो एकवर्षमा डा. सुनिल शर्माले थप २ वटा मेडिकल कलेजमा किनेका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज सञ्चालन गरिरहेका शर्माले एक वर्षको अवधिमा थप २ वटा मेडिकल कलेजमा लगानी बिस्तार गरेका छन् ।

गत वर्षको भदौ महिनामा काठमाडौं मेडिकल कलेजको ४७ प्रतिशत सेयर किनेर अध्यक्ष बनेका शर्माले पछिल्लो समय नेपालगञ्जस्थित मेडिकल कलेजमा ४४ प्रतिशत सेयर खरिद गरेका छन् ।

मेडिकल कलेजमा पुराना भनेर चिनिएका लगानीकर्ता बाहिरिने क्रम बढेसँगै राजनीतिक पहुँच बलियो भएका लगानीकर्ताहरु भित्रन थालेका छन् ।

डा. शर्मासँग अहिले अहिले ३ वटा मेडिकल कलेजका मुख्य लगानीकर्ता हुन् । बिराटनगरको नोबल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज उनको लगानी रहेको मेडिकल कलेज हो । अब भदौभित्रमा नेपालगञ्ज मेडिकल कलेजमा पनि उनको प्रमुख लगानी हुनेछ ।
बिराटनगरका डा. शर्मा नोबल कलेजमा मेडिकल कलेजको लाइसेन्स दिलाउने सत्रमा ५ प्रतिशत सेयरसहित प्रवेश गरेका थिए ।

तत्कालीन समयमा बिराटनगरका डाक्टर ज्ञानेन्द्र गिरीको समूहले मेडिकल कलेज चलाउने तयारी गरेको थियो । तर, मेडिकल कलेजको अनुमति भने पाएको थिएन । नेपाली कांग्रेस त्यसमा पनि कोइराला परिवारसँग नजिक रहेका डा. शर्माको नोबलमा प्रवेशसँगै नोबेलले काठमाडौं विश्वविद्यालयबाट मेडिकल कलेजको लाइसेन्स पायो । लाइसेन्स र विवाद नोबल मेडिकल कलेजमा डा. शर्माको प्रवेशसँग भयो ।

डा. शर्माको मातहतमा नोबल मेडिकल कलेज नआउँदासम्म विभिन्न खाले विवाद भए । डा. शर्मालाई साझेदारलाई तत्कालीन माओवादी निकट वाइसिएलको सहयोगमा अपहरण गरेको समेत आरोप लाग्यो । यद्यपि डा. शर्मालाई लागेको अपहरणको आरोपको पुष्टी भने भएको छैन ।

नोबल कलेजका साझेदारलाई हटाउन सफल भएपछि डा. शर्माको आर्थिक अवस्था भने निकै सुधार हुँदै गयो । मेडिकल कलेज सञ्चालन गरेर अर्बपति व्यवसायीमा डा. शर्मा चिनिन थाले ।

कांग्रेस नेता डा. शेखर कोइरालासँग निकट रहेका डा. शर्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ३ बाट टिकट समेत पाए । डा. शेखरको जोडबलमा नै शर्माले टिकट पाएका थिए । यद्यपि २०७४ सालको निर्वाचन भने डा. शेखर तथा डा. सुनिल दुबैले जित्न सकेनन् ।

निर्वाचन जित्न नसके पनि डा. सुनिल शर्माको व्यवसायमा भने केही फरक आएन । २०७६ सालको चैतदेखि नेपालमा फैलिएको कोभिड १९ को कारण व्यापार व्यवसाय ठप्प भयो । जसको असर अहिलेपनि छ ।

कोभिड–१९ को असर अस्पतालमा पनि पर्यो । निजी क्षेत्रबाट संचालिन र राम्रो मानिएको काठमाडौं मेडिकल कलेजका सञ्चालकले मेडिकल कलेजको सेयर बेच्ने निर्णय लिए । १ अर्ब ७० करोड रुपैयाँमा काठमाडौं मेडिकल कलेजको सेयर किनेर डा. शर्मा भित्रिए । अहिले उनी काठमाडौं मेडिकल कलेजको अध्यक्ष हुन् ।

काठमाडौं मेडिकल कलेज किनेको एकवर्ष नहुँदै डा. शर्माले नेपालगञ्ज मेडिकल कलेजको ४४ प्रतिशत सेयर ९० करोड रुपैयाँमा भित्रन लागेका छन् । नेपालगञ्ज मेडिकल कलेजको डेढ अर्ब हाराहारीमा ऋण रहेको छ भने पछिल्लो तीन महिनादेखि कलेजले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब दिएको छैन ।

आर्थिक रुपमा समस्यामा पर्दै गएपछि नेपालगन्ज मेडिकल कलेजका सञ्चालकले पनि नयाँ लगानीकर्तालाई प्रवेश गराउने निर्णय लिए । सो सेयर डा. शर्माले लिन निर्णय गरे ।

पछिल्लो एक दशकमा अस्वभाविक रुपमा आर्थिक छलाङ मारेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले डा शर्मामाथि अनुसन्धान गरेपनि कुनै टुंगोमा भने पुग्न सकेको छैन ।

डा. शर्मा आफूले कमाएको पैसा र बैंकको ऋणबाट २ वटा मेडिकल कलेजको सेयर किनेको बताउँछन् ।

‘मेरा सबै आर्थिक कारोबारहरु पारदर्शी छन्, व्यवसायबाट कमाएको पैसा र बैंकको ऋणबाट मेडिकल कलेज किनेको हो,’ उनले भने ।

पछिल्लो एकवर्षमा ४ वटा मेडिकल कलेजको स्वामित्व परिवर्तन भएको छ । जसमा डा. शर्माले २ वटा कलेज किनेका छन् । साथै जोरपाटीको नेपाल मेडिकल कलेज बसुरुद्धिन अन्सारीले किने भने देवदह मेडिकल कलेजको ३० प्रतिशत सेयर संस्थागत रुपमा लुम्बिनी मेडिकल कलेजले किन्यो ।


क्लिकमान्डु