पुँजीबजारका लागि सुखद् वर्षः २५६ % ले थपिए लगानीकर्ता, १५० गुणाले बढ्यो बजार पुँजीकरण



काठमाडौं । आर्थिक वर्ष २०७७/७८ पुँजीबजारका लागि इतिहासमा सबैभन्दा सुखद् रह्यो ।

तीन वर्षदेखि निरन्तरको बियरिस बजारमा लगानी गरिरहेका लगानीकर्ताले यस वर्ष भने उच्च बुलिसमा लगानी गर्न पाए । यसअघिको चार वर्षअघिको १८८१ को उच्च परिसूचक पार गर्दै नेप्से परिसूचकले ३२२५.८३ विन्दुसम्म पुग्यो ।

बजार पुँजिकरण मात्रै बढेन सेयर लगानीकर्ता पनि थपिए । बजारपुँजीकरण पनि १६० प्रतिशतले बढ्यो । बजार पुँजीकरण गत वर्ष १५ खर्ब ३६ अर्ब रुपैयाँ रहेकोमा असार ३१ गते आइपुग्दा बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ ।

बुलिस बजारमा लाखौं लगानीकर्ता बजारमा प्रवेश गरे भने अर्बौ रुपैयाँ आर्जन पनि गरे । नेप्से परिसूचक बुलिस ट्रेन्डमा रहँदा दैनिक हुने कारोबार पनि बढेर यसबीचमा १९ अर्ब ५५ करोड रुपैयाँसम्म पुगेको थियो । बजार बुलिस हुँदा पुँजीबजारबाट मात्रै १२ अर्ब रुपैयाँ त पुँजीगत लाभकर मात्रै उठेको छ । अघिल्ला वर्षहरुमा वर्षमा १ अर्ब पुँजिगत लाभकर उठ्ने गरेकोमा चालु आवमा महिनामै १ अर्ब रुपैयाँ पुँजिगत लाभकर उठेको छ ।

गत साउन १ गते नेप्से परिसूचक १३९४.७७ अंकम रहेकोमा आर्थिक वर्षको अन्तिम दिन असार ३१ गते बजार बन्द हुँदासम्म २८८३.३८ अंकमा पुगेको छ ।

त्यसैगरी कुल सेयर लगानीकर्ता गत वर्ष २ लाख ४५ हजार ४७४ जना रहेकोमा चालु आवको अन्तिम दिनसम्म आइपुग्दा यो संख्या बढेर ८ लाख ७७ हजार २०३ जना पुगेको छ ।

सेयर लगानीकर्तामध्ये ९० प्रतिशतभन्दा बढीले टीएमएस लिएर अनलाइनमार्फत् कारोबार गरिरहेका छन् । गत वर्षको साउन १ गतेसम्ममा टीएमएस लिनेको संख्या ३५ हजार ९१९ रहेकोमा चालु आवको अन्तिम दिनसम्म आइपुग्दा यो संख्या बढेर ९ लाख ९१ हजार ९९३ रहेको छ ।
त्यसैगरी मेरो सेयरमा खाता खोल्नेको संख्या बाट बढेर पुगेको छ भने डिम्याट खाता खोल्नेको संख्या बाट बढेर पुगेको छ ।

चालु आवमा मात्रै आइपीओमार्फत् करिब ८० अर्ब रुपैयाँ बराबरको लगानी पुँजीबजारमा भित्रिएको नेपाल धितोपत्र बोर्डको भनाइ छ ।

आइपीओमा आकर्षण
एक वर्ष अघिसम्म मात्रै मुस्किलले ३ देखि ४ लाख जनाले आइपीओमा लगानी गर्दै आएकोमा यो वर्षको अन्तिमतिर आइपुग्दा आइपीओमा आवेदन दिनेहरुको संख्या बढेर २१ लाख पुगेको छ । एउटै कम्पनीको आइपीओमा यति धेरै आवेदन पर्न थालेपछि १० कित्ता पर्न पनि भाग्यको भर पर्नु परेको अवस्था छ ।


क्लिकमान्डु