
विराटनगर । चर्च ब्वाइज यूनाइटेड क्लवमाथि २–० गोलको जीत दर्ता गर्दै थ्रिस्टार क्बलले बुधवार ९ औं संस्करणको रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
थ्रिस्टारले मोफसलकै प्रतिष्ठीत मानिएको विराट गोल्डकपको उपाधि चुमेको यो दोस्रो पटक हो । यसअघि २०७५ सालमा पाँचौ संस्करणको उपाधिमाथि थ्रिस्टारले कब्जा गरेको थियो । त्यतिवेला त्रिभुवन आर्मी क्लवको चुनौती ३–० ले पन्छाएको थियो ।
थ्रिस्टारका लागि बुधवार खेमराज श्रेष्ठ र दिपेश घलेले गरेको गोल नै निर्णायक बन्यो । सहिद मैदानमा भएको रात्रीकालीन खेलमा खेलको ५ औं मिनेटमै खेमराजले विपक्षी गोलकिपर टीकेन्द्र थापा वीट भएको अवस्थामा हेडिङमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाए । उनलाई नविन लामाले गोलको अवसर दिलाएका थिए ।
थ्रीस्टारका लागि दोस्रो गोल ६३ औं मिनेटमा सम्भव भयो । दिपेश घलेले वान भर्सेस वानमा डिबक्स भित्रबाट गरेको प्रहार चर्च ब्वाइजका गोलकिपर टीकेन्द्र थापाले पञ्ज गरेर मैदानमा फर्काएको बललाई दिपेशले पुन वनटचमा पोष्टको दिशा देखाए ।
विराटनगरको सहिद रंगशालामा बुधबार राती सम्पन्न फाइनल खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई शुन्यको विरुद्ध दुई गोलले पराजित गर्दै थ्रीस्टार च्याम्पियन बनेको हो ।

थ्रीस्टारलाई उपाधि दिलाउन खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे । थ्रीस्टारले खेल सुरु भएको पाँचौ मिनेटमा अग्रता लियो । नविन लामाले निकालेको क्रस पासलाई खेमराजले चलाखीपूर्ण ढंगले पोस्टको दिशा दिएका थिए ।
थ्रिस्टारले नगद ११ लाख रुपैयाँसहित ट्रफी थाप्दा सहिद स्मारक लीग विजेता चर्च ब्वाइजले नगद ५ लाख रुपैयाँमा चित्त बुझायो ।
चर्च ब्वाइज पहिलो पटक विराट गोल्डकपको उपाधि जित्ने लक्ष्य राखेर मैदान प्रवेश गरेको थियो । तर, उपाधिको निर्णायक भिडन्तमा चर्च ब्वाइजको फिनिसिङ फित्तलो हुँदा बलियो चुनौती पेस गर्न सकेनन् ।
प्रतियोगिताको म्यान अफ द म्याच थ्रिस्टारका कप्तान एकराज बुढाथोकी घोषित भए । उनले नगद ११ हजार पाए । विधागत पुरस्कारमा पनि थ्रिस्टारको बर्चश्व रहयो । उत्कृष्ट प्रशिक्षकमा थ्रिस्टारका गणेश खड्का घोषित हुँदा बेस्ट गोलकिपर थ्रिस्टारकै विवेक मगर, हाइस्कोर दिपेश घले चुनिए । घलेले प्रतियोगिताभरमा दुई गोल गरेका थिए ।
उनीहरुले जनही नगद १५ हजार पाए । बेस्ट प्लेर अफ टुर्नामेन्ट थ्रिस्टारका खेम राज श्रेष्ठ घोषित हुँदै नगद ५१ हजार रुपैयाँले पुरस्कृत भए ।
थ्रीस्टारले मछिन्द्र र त्रिभुवन आर्मीलाई र विराट गोल्डकपको पहिलो पटक फाइनलमा पुगेको चर्च ब्वाइजले एनआरटी र नेपाल पुलिसलाई हराउँदै उपाधि यात्रा गरेका थिए ।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा दुई विदेशीसहित ‘ए’ डिभिजनका १० टिमको सहभागिता थियो । बिजेता हुने टिमलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभा सदस्य भिम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,विराट गोल्डकपको संयोजक नविन रिजालगायतले पुरस्कार वितरण गरेका थिए ।
यो प्रतियोगिता २०१८ सालदेखि महेन्द्र गोल्डकपको नामले २८ औ संस्करणसम्म सञ्चालन भएर २०६२–६३ को राजनीतिक आन्दोलनपछि विराट गोल्डकपमा रुपान्तर भएर २०६८ देखि आयोजना हुँदै आएको हो ।
प्रतिक्रिया