काठमाडौं उपत्यका खानेपानी कार्यालयले खुलायो ८८ जनाका लागि जागिर



काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जागिर खुलाएको छ । संस्थाले आन्तरिक, खुला र बढुवा गरी ८८ जनाका लागि जागिर खुलाएको हो ।

केयुकेएलले ५ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । विज्ञापन प्रकाशित भएको मितिले २१ दिनभित्र इच्छुक आवेदकले फारम भर्न सक्नेछन् ।

फारम भर्नका लागि ९ तहका लागि २५ सय, ६ देखि ८ तहका लागि २ हजार रुपैयाँ र ५ तहका लाग १५ सय रुपैयाँ लाग्नेछ । साथै समावेशी समूहतर्फ थप ५० प्रतिशत दस्तुर लाग्नेछ ।


क्लिकमान्डु