पर्यटन क्षेत्रका १७० कम्पनीले लिए २२ अर्ब पुनरकर्जा, कुनले कति ? (सूचिसहित)



काठमाडौं । कोरोना महामारीका कारण अतिप्रभावित क्षेत्रको सूचिमा रहेको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै पुनरकर्जा रकम प्रवाह भएको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण पुनरकर्जामध्ये ४७.२६ प्रतिशत रकम पर्यटन क्षेत्रका कम्पनीहरुले लिएका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार सो अवधिमा कुल १ खर्ब १ खर्ब ४८अर्ब १३ करोड रुपैयाँ पुनरकर्जा राष्ट्र बैंकले ग्राहक ऋणी मुल्यांकनको आधारमा र विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत् एकमुष्ट रुपमा प्रवाह भएको छ । जसमध्ये एकमुष्ट पुनरकर्जा ९२ अर्ब ३५ करोड रुपैयाँ, ग्राहक मुल्यांकलको आधारमा ४५ अर्ब ८४ करोड रुपैयाँ र लघुवित्त संस्थामार्फत् १० अर्ब २३ करोड रुपैयाँ पुनर कर्जा प्रवाह भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले कोभिड प्रभावित क्षेत्रलाई वर्गीकरण गरी सोहीअनुसार पाउने प्रवधान गरेको छ । कोभिड प्रभावित क्षेत्रलाई अति, मध्यम र न्यून गरी वर्गीकरण गरिएको छ । अति प्रभावित क्षेत्रलाई विषेश पुनरकर्जा र मध्यम र न्यून प्रभावितलाई साधारण पुनरकर्जा प्रवाह गरिन्छ भने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंक वा बैंकहरुले मुल्यांकनको आधारमा प्रवाह गर्छ ।

बिषेश पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई १ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ३ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

साधारण पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई ३ प्रतिशत ब्याजदरमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशतमा र लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा राष्ट्र बैंकले बैंकहरुलाई २ प्रतिशतमा र बैंकहरुले ऋणीलाई ५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्छन् ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने एकमुष्ट एकमुष्ट पुनरकर्जाको ऋणीका साथै क्षेत्रगत विवरण राष्ट्र बैंकमा पठाउन पदैन । बैंकहरुले पठाएको ग्राहक ऋणी मुल्याकनको विवरणमात्र राष्ट्र बैंकमा हुन्छ ।

केन्द्रीय बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार असार ३१ गतेसम्म १७० वटा पर्यटन क्षेत्रका कम्पनीहरुले कुल पुनरकर्जा ४६ अर्ब १३ करोड ६४ लाखमध्ये २१ अर्ब ८० करोड २० लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।

ती कम्पनीहरुले अधिकतम २० करोड रुपैयाँसम्म कर्जा लिएका छन् । यस्तो पुनकरर्जाको अवधि ६ महिनाका लागि मात्रै हुन्छ । साथै ६ महिनापछि एक पटक मात्रै ६ महिनाका लागि समय थप गर्न सकिने सुविधा समेत छ ।

पर्यटन क्षेत्रका कुन कम्पनीले कति लिए पुनरकर्जा ?


क्लिकमान्डु