कोभिडपछिको पुनर्स्थापनाका लागि विश्व बैंकसँग १७ अर्ब ७८ करोड ऋण सम्झौता



काठमाडौं । कोभिड १९ महामारी पछिको आर्थिक उत्थान र पुनर्संरचना कार्यक्रमका लागि नेपालले विश्व बैंकसँग १७ अर्ब ७८ करोड रुपैयाँ (१५ करोड अमेरिकी डलर) बराबर ऋण लिने सम्झौता गरेको छ ।

अर्थसचिव शिशिर कुमार ढुंगाना र विश्व बैंकका श्रीलंका, माल्दिभ्स तथा नेपाल निर्देशक फरिस हदाद जेर्भोसबीच आइतबार उक्त ऋण लिने-दिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

कोभिड १९ महामारीपछिको पुनस्र्थापना कार्यक्रमका लागि खर्च गर्न नेपालले यो ऋण लिएको हो ।

आन्तरिक राजस्व र भन्सार प्रणालीलगायत कर प्रणालीलाई व्यवस्थित गर्न, सार्वजनिक लगानी व्यवस्थापन तथा ऋण व्यवस्थापन र वातावरणीय क्षेत्रमा लगानी गर्नेगरी ऋण लिइएको अर्थ सचिव ढुंगानाले बताए ।

त्यस्तै यो रकम सामाजिक सुरक्षा तथा रोजगारी सिर्जनामार्फत आर्थिक विकासका लागि खर्च गरिने जनाइएको छ । दिगो विकास लक्ष्य र वातावरण संरक्षणका लागि पनि ऋण रकम खर्च गरिनेछ ।


क्लिकमान्डु