कोरोना महामारी नियन्त्रणका लागि विश्व बैंकले नेपाललाई १५० मिलियन सहयोग गर्ने



काठमाडौं । विश्व बैंकले नेपाललाई १५० मिलियन डलर अर्थात् करिब १८ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ ।

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकले उक्त रकम नेपाललाई उपलब्ध गराउन लागेको हो । विश्व बैंकको बोर्ड अफ इक्जुकेटिभ डाइरेक्टरको बैठकले उक्त सहयोग स्वीकृत गरेको हो ।

‘कोरोना महामारीका कारण अर्थतन्त्रमा परेको असरलाई राहत पुगोस भन्ने उद्देश्यले सहयो गरिएको हो,’ विश्व बैंकका नेपाल मालदिभ्स र श्रीलंकाका कन्ट्री डाइरेक्टर फारिस हदाद जेरभोसले भने ।


क्लिकमान्डु