धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचिसहित)



काठमाडौं । देश कोरोना महामारीले चरम संकटमा छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र जर्जर आवस्थामा पुगेको छ ।

तर, अर्थतन्त्रके ऐना मानिने सेयर बजार भने अस्वाभाविकरुपमा बढेको बढ्यै छ । दिनैपिच्छे नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ–नयाँ रेकर्ड कायम गरिरहेको छ । नेप्से सूचक ३००० अंकमाथि पुगिसकेको छ । एकैदिन २० अर्ब रुपैयाँसम्मको करोबार पनि भइसकेको छ ।

यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)

अर्थतन्त्रमा आएको मन्दीका कारण नेप्सेमा सूचिकृत कम्पनीहरुको नाफा पनि खासै बढ्न सकेको छैन । सूचिकृत कम्पनीको नाफा नबढेपछि उनीहरुले दिने प्रतिफल बढ्ने कुरै भएन ।

यस्तो अवस्थामा उच्च अंकको उछाल आउनु र कारोबार रकम पनि ह्वात्तै बढेपछि सेयर बजारमा अस्वाभाविक चलखेल भएको भन्ने ठूलो गुनासो थियो ।

केही टाठाबाठा, ठूला, पहुँच भएका र समूह नै बनाएर मूल्य घटबढ गराउन सक्रिय समूहले यस्तो चलखेल गर्दै आएका छन् । यस्तो चलखेलबाट बढेको देखेर बजारमा प्रवेश गर्ने साना लगानीकर्ताहरुको लगानी डुब्ने जोखिम हुन्छ ।

केही समूहले आपूर्ति कम भएको कम्पनीको सेयर कर्नरिङ गरी अस्वाभाविकरुपमा मूल्य बढाएर बढेको मूल्यमा आफूले बेचेर बाहिरिने गरेका छन् । जुन कुरा साना लगानीकर्तालाई पत्तै हुँदैन ।

सेयर बजारमा उत्तारचढाव हुनु सामान्य हो । सेयर बजारको ब्यूटी पनि त्यही उत्तारचढाव हो । तर, बजारमा हुने अस्वाभाविक चलखेलले सीमित व्यक्तिलाई बाहेक अरु कसैलाई पनि फाइदा हुँदैन ।

राम्रो इतिहास भएका र प्रतिफल दिएका कम्पनीको मूल्य नबढ्ने तर इतिहास खासै राम्रो नभएका र प्रतिफल पनि राम्रो दिन नसक्ने कम्पनीको सेयर अस्वाभाविकरुपमा बढ्नुचाहीँ डरलाग्दो विषय हो ।

बजारमा लचखेल भएको ठूलो गुनासो आएपछि धितोपत्र बोर्डले मंगलबार एउटा विज्ञप्ति नै प्रकाशित गरेर ५१ वटा कम्पनीको सेयर मूल्यमा चलखेल भएको भन्दै ती कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण भएको बताएको छ ।

खासमा धितोपत्रबोर्डले ती कम्पनीको सेयरमा चलखेल गर्ने व्यक्ति र समूहलाई कारबाही गर्नुपर्ने हो । तर, आम लगानीकर्तालाई पीडा दिनेगरी फलानो फलानो कम्पनीको सेयरमा लगानी गर्नु जोखिमपूर्ण छ भनेर विज्ञप्ति निकाल्नु चाहीँ दुखको विषय हो ।

धितोपत्र बोर्डले ५१ कम्पनीको सेयर मूल्य अस्वाभाविक रुपमा बढाइएको पाइएकाले ती कम्पनीका बारेमा बोर्डले छानबिनसमेत थालेको जनाएको छ ।

५० प्रतिशत हाइड्रोपावरको सेयरमा चलखेल

बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनीको सेयर मूल्यमा असाध्यै धेरै चलखे भएको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका जलविद्युत् उपसमूहका कूल ४० कम्पनी सूचीकृत छन् । त्यसमध्ये ५० प्रतिशत कम्पनीको सेयर मूल्यमा धेरै चलखेल भएको पाइएको छ ।

बोर्डका अनुसार आँखु खोला जलविद्युत् कम्पनी, अरुण भ्याली हाइड्रोपावर बरुण हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, लिवर्टी इनर्जी, माउण्टेन इनर्जी, माउण्टेन हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, रैराङ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, रिडी हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, सिनर्जी पावर, यूनियन हाइड्रो पावर, युनिभर्सल पावर कम्पनी, माथिल्लो तामाकोशी कम्पनीको सेयर मूल्यमा चलखेलको आंशका छ ।

२१ जलविद्युत् कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता जोखिममा, कुन कुन हुन् ती ?

बोर्डको विवरण अनुसार २०७७ वैशाख ३० गते नेप्से परिसूचक १२२१.३१ मा रहँदा आँखु खोला जलविद्युत् कम्पनीको सेयर मूल्य ५२ रुपैयाँ थियो । सो कम्पनीको सेयर मूल्य २०७८ जेठ ३१ गते ३३५ पुग्यो । सो कम्पनीको इपीएस माइनस १३.८९, पीई रेसियो माइनस २४.१२ र नेटवर्थ ६४.०५ रहेको छ ।

यस्तै, अरुण भ्याली हाइड्रोपावरको २०७३ साउनमा ४२७ रुपैयाँ थियो । सो कम्पनीको २०७७ वैशाख ३० मा ९२ रुपैयाँमा झर्यो । सो कम्पनीको सेयर मूल्य २०७८ जेठ ३१ मा ५४७ रुपैयाँ पुगेको छ । बोर्डको विवरणमा उक्त कम्पनीको इपीएस ९.०७, पीई रेसियो ६०.१३ र नेटवर्थ १०९.३२ रहेको छ ।

यस्तै, बरुण हाइड्रोको सेयर मूल्य २०७७ वैशाखमा ८५ रुपैयाँ थियो , सो कम्पनीको सेयर मूूल्य २०७८ जेठ ३१ गते ६४५ मा पुगेको छ । सो कम्पनीको इपीएस ४.०२, पीई रेसियो १६०.४५ र नेटवर्थ मात्रै १०३.०१ रहेको छ । छ्याङदीको अवस्था पनि त्यस्तै छ । २०७७ वैशाखमा प्रतिकित्ता ८३ रुपैयाँ रहेको सेयर गत जेठ ३१ गते ५४८ मा पुगेको थियो । कम्पनीको इपीएस ४.७८, पीई रेसियो ११४.६४ र नेटवर्थ १०३.७५ रहेको छ ।

दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य २०७७ वैशाख ३० गते ५१ रुपेयाँ थियो । सो कम्पनीको गत जेठ मसान्तमा ३२७ मा पुग्यो । कम्पनीको इपीएस माइनस ६.८५, पीई रेसियो माइनस ४७.७४ र नेटवर्थ २६.८६ मा रहेको छ ।

बोर्डका अनुुसार २०७७ वैशाखमा ९४ रुपैयाँ रहेको हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य बढेर गत जेठ मसान्तमा ४११ पुगेको छ । उक्त कम्पनीको इपीएस ०.०९, पीई रेसियो ४५६६.६७ र नेटवर्थ ९९.२४ रहेको छ ।

खानीखोला हाइड्रोपावरको मूल्य २०७७ वैशाखमा ५४ रहको थियो । सो कम्पनीको सेयर गत जेठ मसान्तमा २७५ पुगेको छ । उक्त कम्पनीको इपीएस माइनस २१.२७, पीई रेसियो माइनस १२.९३ र नेटवर्थ समेत माइनस २९.४१ रहेको छ ।

यस्तै, लिवर्टीको ४५६ र माउण्टेन इनर्जीको ९५९ पुगेको छ । उक्त कम्पनीको इपीएस माइनस २.२८ छ भने पीई रेसियो माइनस २०० र नेटवर्थ ९०.२३ छ । माउण्टेन हाइड्रोको २०७७ वैशाखमा ८८ रुपैयाँ रहेको सेयर मूल्य गत जेठ मसान्तमा ३९८ पुगेको विवरणमा उल्लेख छ । सो कम्पनीको इपीएस १.३२, पीई रेसियो ३०१.५२ र नेटवर्थ ८८.५९ छ ।

माउण्टेन इनर्जीको गत जेठ मसान्तमा सेयर मूल्य ९५९ मा पुगेको छ । उक्त कम्पनीको इपीएस २.८३, पीई रेसियो ३३८.८७ र नेटवर्थ १३०.८८ रहेको छ ।

उता पञ्चकन्या माईको २०७७ वैशाखमा ७६ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य थियो । गत जेठ मसान्तमा आइपुग्दा सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३५६ पुगेको छ । उक्त कम्पनीको इपीएस माइनस १ं४८, पीई रेसियो माइनस २४०.५४ र नेटवर्थ ८०.७८ रहेको छ ।

उता १७५ प्रतिकित्तामा पाइने राधी विद्युत् कम्पनीको सेयर गत जेठ मसान्तमा आइपुग्दा बढेर १ हजार ८६ मा पुगेको छ । सो कम्पनीको इपीएस १७.६३, पीई रेसियो ६१.६० र नेटवर्थ मात्रै १५१.८५ रहेको छ ।
रैराङ हाइड्रो पावरको सेयर मूल्य २०७७ वैशाखमा ९० रुपैयाँ थियो । तर, सो कम्पनीको सेयर मूल्य गत जेठ मसान्तमा ४६४ मा पुगेको छ । कम्पनीको इपीएस १३.०३, पीई रेसियो ३५.६१ र नेटवर्थ २०० रहेको छ ।

५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड

उता रसुवागढी हाइड्रोपावर कम्पनीको सेयर मूल्य २०७७ वैशाखमा १५३ रुपैयाँ थियो । सो कम्पनीको सेयर मूल्य बढेर गत जेठ मसान्तमा आइपुग्दा ५७९ पुगेको छ । सो कम्पनीको इपीएस माइनस ०.५३, पीई रेसियो माइनस १०९२.४५ र नेटवर्थ ९६.२३ मात्रै देखिन्छ ।

रिडी हाइड्रोपावरको मूल्य २०७३ मा ३९९ थियो । सो कम्पनीको सेयर मूल्य घटेर २०७७ मा ७७ मा झरयो । तर , सोही कम्पनीको सेयर मूल्य गत जेठ मसान्तमा आयपुग्दा बढेर ६५७ पुगेको छ । कम्पनीको इपीएस ४.८८, पीई रेसियो १३४.६३ र नेटवर्थ १०३.८४ मात्रै रहेको देखिन्छ ।

साञ्जेन जलविद्युत् कम्पनीको २०७७ वैशाखमा १३७ रुपैयाँ रहेको थियो । सो कम्पनीको सेयर मूल्य गत जेठ मसान्तमा आइपुग्दा ५१६ पुगेको छ । सो कम्पनीको इपीएस माइनस ०.८६, पीई रेसियो ६०० र नेटवर्थ ९५ रहेको छ ।

सिनर्जी पावरको ९१ रुपैयाँ, यूनियन हाइड्रोपावरको ५२, युनिभर्सल पावरको ७३ रुपेयाँ प्रतिकित्तामा पाइने सेयर अहिले क्रमशः बढेर ४७९, ३६८ र ३६१ पुगेको छ । ती कम्पनीको इपीएस क्रमशः ११.३९, २.३९ र १.१७ छ । यस्तै, पीइए रेसियो क्रमशः ४२.०५, १५३.९७ र ३०८.५५ देखिन्छ । ती कम्पनीको नेटवर्थ क्रमशः १०८.६६, ९०.१ र १०५.६८ रहेको छ ।

माथिल्लो तामाकोशीको सेयर २०७७ वैशाखमा २२१ मा पाइन्थ्यो । गत जेठ मसान्तमा ७८४ पुगेको छ । जबकी सो कम्पनीको कुनै प्रतिफल छैन । सो कम्पनीको इपीएस माइनस ०.४४, पीई रेसियो माइनस १७८१.८२ र नेटवर्थ मात्रै ९२.२ रहेको छ ।

नेशनल हाइड्रोपावरको गत वर्षको वैशाख ३० गते सेयर मूल्य प्रतिकित्ता ५३ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३२९ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस २.१५, पीइ रेसियो १५३.०२ र नेटवर्थ ७५.९७ रुपैयाँ छ ।

त्यसैगरी पाँचथर पावर कम्पनीको सेयर मूल्य गत वर्षको वैशाख ३० गते प्रतिकित्ता १०७ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते बढेर प्रतिकित्ता ४२९ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ९.४८, पीइ रेसियो ४५.२५ र नेगवर्थ ८८.५१ रुपैयाँ छ ।

१० बीमा कम्पनी

२०७३ साउन १२ गते लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर प्रति कित्ता ३ हजार ५५६ रुपैयाँमा कारोबार भएको थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य १ हजार ११५ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २ हजार ५४७ रुपैयाँ छ । कम्पनीको इपीएस ६.९५, पीई रेसियो ३६६.४७ र खुद मूल्य १३९.७४ रुपैयाँ छ ।

२०७३ साउन १२ गते नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४ हजार २० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य १ हजार २३ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २ हजार ९१ रुपैयाँ छ । कम्पनीको इपीएस ९.३८, पीई रेसियो २२२.९२ र खुद मूल्य १२३.९२ रुपैयाँ छ ।

धितोपत्र बोर्डले भन्योः यी १० बीमा कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचीसहित)

२०७८ जेष्ठ ३१ गते रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७३४ रुपैयाँ छ । कम्पनीको इपीएस ४.१८, पीई रेसियो १७५.६० र खुद मूल्य ११०.८८ रुपैयाँ छ ।

अजोड इन्स्योरेन्स, आईएमई जेनरल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

धितोपत्र बोर्डले पछिल्लो समयमा सेयर मूल्यमा चलखेल गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाइएको गुनासो आएपछि अध्ययन गरेको थियो । जसमा ५१ वटा कम्पनीको छनोट गरिएको छ ।

बोर्डले अहिले यी कम्पनीहरुको सेयर मूल्य कसरी बढ्यो भन्ने विषयमा अध्ययन गरिरहेको छ । बार्डका अनुसार २०७८ जेष्ठ ३१ गते अजोड इन्स्योरेन्सको सेयर मूल्य प्रतिकिता ९१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । अजोडको इपीएस ८.१५, पीई रेसियो ११२.२७ र कम्पनीको खुद मूल्य ११७.६८ रुपैयाँ छ ।

२०७३ साउन १२ गते आईएमई जेनरल इन्स्योरेन्सको सेयर मूल्य ८० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य ३४७ रुपैयाँ पुगेको थियो । भने, २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर १ हजार ३३२ रुपैयाँ प्रतिकत्ता कारोबार भएको छ । कम्पनीको ईपीएस २३.२४, पीई रेसियो ५७.३१ र खुद मूल्य १६९.८७ रुपैयाँ छ ।

२०७३ साउन १२ गते राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ७ हजार ७४५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते ८ हजार ९०० रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर २२ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस १३५, पीई रेसियो १६६.२३ र खुद मूल्य १ हजार २६३.३८ रुपैयाँ छ ।

२०७८ जेठ ३१ गते सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य ८२३ रुपैयाँ छ । कम्पनीको ईपीएस ७.८, पीई रेसियो १०५.५१ र खुद मूल्य ११७.०६ रुपैयाँ छ ।

२०७३ साउन १२ गते यूनाइटेड इन्स्योरेन्स सेयर मूल्य १ हजार २८५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य २९८ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर प्रतिकित्ता ८३० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस ५.१३, पीई रेसियो १६१.७९ र खुद मूल्य १४४.०१ रुपैयाँ छ ।

२ विकास बैंक

बोर्डका अनुसार २०७३ साउन १२ गते कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १२९ रुपैयाँ थियो । जबकी २०७७ वैशाख ३० गतेसम्म पुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेकोमा २०७८ साल जेठ ३१ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्यमा भारी उछाल आए प्रतिकित्ता ७३२ रुपैयाँ पुगेको छ । उक्त बैंकको इपीएस ५.०३ छ भने पीई रेसियो १४५.५३ छ साथै नेटवर्थ १५२.०८ रुपैयाँ छ ।

कर्नरिङको आशंकामा कर्पोरेट र नारायणी विकास बैंकको सेयर मूल्यबारे अध्ययन गर्दै धितोपत्र बोर्ड

त्यसैगरी समस्याग्रस्त भइ कारोबार बन्द भइ पुनः सञ्चालनमा आएको छोटो समयमै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ । उक्त बैंकको २०७३ साउनदेखि २०७७ साल वैशाख महिनासम्म सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ थियो । तर एक वर्षको अवधिमा २०७८ जेठ ३१ गतेसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ पुगकेो छ ।

बैंकको इपीएस ५.३४ रुपैयाँ नकारात्मक, पीई रेसियो १२९.२१ रुपैयाँ नकारात्मक छ भने बैंकको नेटवर्थ ३६.१५ रुपैयाँ छ ।

४ फाइनान्स र २ माइक्रोफाइनान्स

सेयर मूल्यमा चलखेल भएको आंशकामा गोर्खाज फाइनान्स, मल्टिप्रपोज फाइनानस, नेपाल फाइनान्स र समृद्धि फाइनान्स छन् । त्यसैगरी घोगीघोडा लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ ।

जसमध्ये गोर्खाज फाइन्सको सेयर गत वर्ष वैशाख ३० गते प्रतिकित्ता ११३ रुपैयाँ रहेकोमा अहिले उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७९ रुपैयाँ पुगेको छ । अस्वभाविक रुपमा सेयर मूल्य बढेपछि चलखेलको आशंकामा बोर्डले कम्पनीलाई पनि राखेको हो । कम्पनीको इपीएस ४२.०५ रुपैयाँ, पीइ रेसियो ३२.७९ रुपैयाँ र नेटवर्थ १९५.२७ रुपैयाँ छ ।

४ फाइनान्स र २ माइक्रोफाइनान्सको सेयर मूल्यमा चलेखलको आशंका, अध्ययन गर्दै बोर्ड

त्यसैगरी मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य गत वर्ष वैशाख महिनामा प्रतिकित्ता ११९ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते प्रतिकित्ता ४५३ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ४.८ रुपैयाँ छ भने पीइ रेसियो ९४.३८ रुपैयाँ र नेटवर्थ ११६.७३ रुपैयाँ छ ।

साथै नेपाल फाइनान्सको सेयर मूल्य गत वर्षको वैशाख ३० गते प्रतिकित्ता ११९ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते सेयर मूल्य बढेर ५०४ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस २.११ रुपैयाँ, पीइ रेसियो २३८.८६ रुपैयाँ र नेटवर्थ १३६.८६ रुपैयाँ छ ।

साथै समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि चलखेल भएको हुन सक्ने बोर्डको आंशका छ । कम्पनीको गत वर्षको वैशाख ३० गते सेयर मूल्य प्रतिकित्ता ९७ रुपैयाँ रहेकोमा अहिले उक्त कम्पनीको सेयर मूल्य बढेर ४५१ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस १.७८ रुपैयाँ, पीइ रेसियो २५३.३७ रुपैयाँ र नेटवर्थ ६२.९३ रुपैयाँ छ ।

साथै घोडाघडी लघुवित्त वित्तीय संसको सेयर मूल्य गत वर्ष अर्थात् २०७७ बैशाख ३० गते प्रतिकित्ता ७०५ रुपैयाँ रहेकोमा पछिल्लो समयमा लघुवित्तको सेयर प्रतिकित्ता ८३० रुपैयाँ पुगेको छ । हाल उक्त लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले दोस्रो बजारमा सेयर कारोबार बन्द छ । कम्पनीको इपीएस १७.७ रुपैयाँ नकारात्मक छ ।

त्यसैगरी पछिल्लो समय आइपीओ जारी गरी दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको सेयर मूल्य अहिले प्रतिकित्ता ५ हजार ५५० रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ८५.६६ रुपैयाँ, पीइ रेसियो ५८.९५ रुपैयाँ र नेटवर्थ २९१.८४ रुपैयाँ छ ।

चन्द्रागिरि, हिमालयन डिस्टीलरी र शिवम् सिमेन्ट

बोर्डका अनुसार ०७३ साउन १२ गते हिमालयन डिस्टीलरीको प्रतिकित्ता सेयरमूल्य ४९५ रुपैयाँ थियो । त्यसबेला नेप्से इन्डेक्स १८८१.४५ अंकमा थियो । जबकी २०७७ वैशाख ३० गतेसम्म पुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२४२ रुपैयाँ पुग्यो । २०७८ साल जेठ ३१ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्यमा भारी उछाल आएर प्रतिकित्ता ५४९५ रुपैयाँ पुगेको छ ।

हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टको सेयरमा लगानी गर्नेहरु जोखिममाः धितोपत्र बोर्ड

कम्पनीको प्रतिशेयर आम्दानी १०३ रुपैयाँ ४ पैसा, मूल्य आम्दानी अनुपात ५३.१५ प्रतिशत र नेटवर्थ १८८ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यसैगरी, २०७७ बैशाख ३० गते ४७३ रुपैयाँ रहेको शिवम् सिमेन्टको प्रतिकित्ता सेयरमूल्य ०७८ जेठ ३१ गतेसम्म आइपुग्दा बढेर १५९२ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ३ पैसा, मूल्य आम्दानी अनुपात ४८.२० प्रतिशत र नेटवर्थ २१५ रुपैयाँ ३८ पैसा रहेको छ ।

बार्डका अनुसार २०७८ जष्ठ ३१ गते चन्द्रागिरि हिल्स्को सेयर मूल्य प्रतिकिता १ हजार ७३१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । चन्द्रागिरिको इपीएस ऋणात्मक ११.८१, पीई रेसियो ऋणात्मक १४६.५७ र कम्पनीको खुद मूल्य ७९.०९ रुपैयाँ छ ।

बोर्डका अनुसार सोल्टी होटलको सेयर २०७३ साउन गते ४३८ रुपैयाँ प्रति कित्तामा कारोबार भएको छ । २०७७ बैशाख ३० मा कम्पनीको सेयर मूल्य १६६ रुपैयाँमा झरेको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २९२ रुपैयाँ रहेको धितोपत्र बोर्डको अध्ययनमा उल्लेख छ । कम्पनीको इपीएस ऋणात्मक १.६२, पीई रेसियो ऋणात्मक १८०.२५, खुद मूल्य १७.९६ रुपैयाँ छ ।

निफ्रा, सीआइटी, एनआरआइसी

नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, नेपाल रिइन्स्योरेन्स र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

२०७३ साउन १२ गते नागरिक लगानी कोषको सेयर मूल्य ५ हजार २२० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते २ हजार ३६७ रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य ४ हजार १०७ रुपैयाँ छ । कम्पनीको ईपीएस २६.३१, पीई रेसियो १५६.१० र खुद मूल्य १५६ रुपैया छ ।

२०७३ साउने १२ गते हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्टको सेयर ४२५ रुपैयाँमा कारोबार भएको थियो । २०७७ बैशाख ३० गते १२६ रुपैयाँमा कारोबार भएको थियो । भने, २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर प्रति कित्ता ४१४ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस ५.१६, पीई रेसियो ८०.२३ र खुद मूल्य १०९.५५ रुपैयाँ छ ।

२०७८ जेष्ठ ३१ गते नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको सेयर प्रति कित्ता ५५० रुपैयाँ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस ५.०२, पीई रेसियो १०९.५६ र खुद मूल्य ११०.७७ रुपैयाँ छ ।

२०७७ बैशाख ३० गते नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर प्रति कित्ता ४०० रुपैयाँमा कारोबार भएको थियो । २०७८ जेष्ठमा कम्पनीको सेयर मूल्य १ हजार ८६८ रुपैयाँ पुगेको छ । कम्पनीको ईपीएस १०.७४, पीई रेसियो १७३.९३ र खुद मूल्य १५५.२६ रुपैयाँ छ ।

२०७८ जेष्ठ ३१ गते एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर प्रति कित्ता ७४० रुपैयाँ छ । कम्पनीको ईपीएस १.९७, पीई रेसियो ३७५.६३ र खुद मूल्य १०१.१६ रुपैयाँ छ ।

विशाल बजार र साल्ट ट्रेडिङ

बोर्डका अनुसार विशाल बजार कम्पनीको सेयर मूल्य गत वर्षको वैशाख ३० गते प्रतिकित्ता १५२८ रुपैयाँ रहेकोमा हाल ६ हजार ४७७ रुपैयाँ कायम भएको छ । कम्पनीको इपीएस २५०.३, पीइ रेसिया २५.८८ र नेटवर्थ १६५८.३२ रुपैयाँ छ ।

त्यसैगरी साल्ट ट्रेडिङ कम्पनीको सेयर मूल्य गत वैशाख ३० गते प्रतिकित्ता २४०० रुपैयाँ रहेकोमा हाल यो बढेर प्रतिकित्ता १० हजार ६६५ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस २६.३५, पीइ रेसियो ४०४.७४ र नेटवर्थ ४१४.१९ रुपैयाँ छ ।


पुष्प दुलाल