कर्नरिङको आशंकामा कर्पोरेट र नारायणी विकास बैंकको सेयर मूल्यबारे अध्ययन गर्दै धितोपत्र बोर्ड



काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

धितोपत्र बोर्डले पछिल्लो समयमा सेयर मूल्यमा चलखेल गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाइएको गुनासो आएपछि अध्ययन गरेको थियो । जसमा ५१ वटा कम्पनीको छनोट गरिएको छ ।

बोर्डले अहिले यी कम्पनीहरुको सेयर मूल्य कसरी बढ्यो भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

५१ कम्पनीको सेयर मूल्यमा चलखेल भएको पाइयो: धितोपत्र बोर्ड

बोर्डका अनुसार २०७३ साउन १२ गते कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता १२९ रुपैयाँ थियो । तत्कालीन समयमा नेप्से इन्डेक्स १८८१.४५ अंकमा थियो । जबकी २०७७ वैशाख ३० गतेसम्म पुग्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११४ रुपैयाँ रहेकोमा २०७८ साल जेठ ३१ गतेसम्म आइपुग्दा कम्पनीको सेयर मूल्यमा भारी उछाल आए प्रतिकित्ता ७३२ रुपैयाँ पुगेको छ ।

यी हुन चलखेल गरी सेयर मूल्य बढाइएका ५१ कम्पनी (सूचिसहित)

उक्त बैंकको इपीएस ५.०३ छ भने पीई रेसियो १४५.५३ छ साथै नेटवर्थ १५२.०८ रुपैयाँ छ ।

त्यसैगरी समस्याग्रस्त भइ कारोबार बन्द भइ पुनः सञ्चालनमा आएको छोटो समयमै नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ । उक्त बैंकको २०७३ साउनदेखि २०७७ साल वैशाख महिनासम्म सेयर मूल्य प्रतिकित्ता ४३५ रुपैयाँ थियो । तर एक वर्षको अवधिमा २०७८ जेठ ३१ गतेसम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९० रुपैयाँ पुगकेो छ ।

बैंकको इपीएस ५.३४ रुपैयाँ नकारात्मक, पीई रेसियो १२९.२१ रुपैयाँ नकारात्मक छ भने बैंकको नेटवर्थ ३६.१५ रुपैयाँ छ ।


क्लिकमान्डु