धितोपत्र बोर्डले भन्योः यी १० बीमा कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचीसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ५ जीवन र ५ निर्जीवन गरी १० वटा बीमा कम्पनीको सेयर मूल्यमा ठूलो चलखेर भएको आशंका गर्दै यी कम्पनीमा लगानी गर्ने लगानीकर्ता जोखिममा रहेको बताएको छ ।

एसियन लाइफ इन्स्योरेन्स, गुरास लाइफ इन्स्योरेन्स, लाईफ इन्स्योरेन्स कम्पनी नेपाल, नेपाल लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

धितोपत्र बोर्डले पछिल्लो समयमा सेयर मूल्यमा चलखेल गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाइएको गुनासो आएपछि अध्ययन गरेको थियो । जसमा ५१ वटा कम्पनीको छनोट गरिएको छ ।

बोर्डले अहिले यी कम्पनीहरुको सेयर मूल्य कसरी बढ्यो भन्ने विषयमा अध्ययन गरिरहेको छ ।

२०७३ साउन १३ गते एसियन लाइफ इन्स्योरेन्सको सेयर प्रति कित्ता १ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर प्रति कित्ता ४९२ रुपैयाँमा कारोबार भएको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर १ हजार ४५१ रुपैयाँमा कारोबार भएको छ । । कम्पनीको इपीएस १२.०८, पीई रेसियो १२०.१२ र खुद मूल्य १४०.८४ रुपैयाँ छ ।

२०७३ साउन १२ गते गुरास लाइफ इन्स्योरेन्सको सेयर प्रति कित्ता ९९० रुपैयाँमा कारोबार भएको थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य ३९१ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर प्रति कित्ता ८५५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको इपीएस ७.०४, पीई रेसियो १२१.४५ र खुद मूल्य १२९.३१ रुपैयाँ छ ।

२०७३ साउन १२ गते लाईफ इन्स्योरेन्स कम्पनी नेपालको सेयर प्रति कित्ता ३ हजार ५५६ रुपैयाँमा कारोबार भएको थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य १ हजार ११५ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २ हजार ५४७ रुपैयाँ छ । कम्पनीको इपीएस ६.९५, पीई रेसियो ३६६.४७ र खुद मूल्य १३९.७४ रुपैयाँ छ ।

२०७३ साउन १२ गते नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य ४ हजार २० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य १ हजार २३ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर मूल्य २ हजार ९१ रुपैयाँ छ । कम्पनीको इपीएस ९.३८, पीई रेसियो २२२.९२ र खुद मूल्य १२३.९२ रुपैयाँ छ ।

२०७८ जेष्ठ ३१ गते रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७३४ रुपैयाँ छ । कम्पनीको इपीएस ४.१८, पीई रेसियो १७५.६० र खुद मूल्य ११०.८८ रुपैयाँ छ ।

अजोड इन्स्योरेन्स, आईएमई जेनरल इन्स्योरेन्स, राष्ट्रिय बिमा कम्पनी र सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य चलखेल गरी बढाइएको आशंकामा धितोपत्र बोर्डको अध्ययनले देखाएको छ ।

धितोपत्र बोर्डले पछिल्लो समयमा सेयर मूल्यमा चलखेल गरी अप्राकृतिक रुपमा सेयर मूल्य बढाइएको गुनासो आएपछि अध्ययन गरेको थियो । जसमा ५१ वटा कम्पनीको छनोट गरिएको छ ।

बोर्डले अहिले यी कम्पनीहरुको सेयर मूल्य कसरी बढ्यो भन्ने विषयमा अध्ययन गरिरहेको छ । बार्डका अनुसार २०७८ जेष्ठ ३१ गते अजोड इन्स्योरेन्सको सेयर मूल्य प्रतिकिता ९१५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । अजोडको इपीएस ८.१५, पीई रेसियो ११२.२७ र कम्पनीको खुद मूल्य ११७.६८ रुपैयाँ छ ।

२०७३ साउन १२ गते आईएमई जेनरल इन्स्योरेन्सको सेयर मूल्य ८० रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य ३४७ रुपैयाँ पुगेको थियो । भने, २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर १ हजार ३३२ रुपैयाँ प्रतिकत्ता कारोबार भएको छ । कम्पनीको ईपीएस २३.२४, पीई रेसियो ५७.३१ र खुद मूल्य १६९.८७ रुपैयाँ छ ।

२०७३ साउन १२ गते राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य ७ हजार ७४५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते ८ हजार ९०० रुपैयाँमा कम्पनीको सेयर कारोबार भएको थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर २२ हजार ४४५ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस १३५, पीई रेसियो १६६.२३ र खुद मूल्य १ हजार २६३.३८ रुपैयाँ छ ।

२०७८ जेष्ठ ३१ गते सानिमा जेनरल इन्स्योरेन्सको सेयर मूल्य ८२३ रुपैयाँ छ । कम्पनीको ईपीएस ७.८, पीई रेसियो १०५.५१ र खुद मूल्य ११७.०६ रुपैयाँ छ ।

२०७३ साउन १२ गते यूनाइटेड इन्स्योरेन्स सेयर मूल्य १ हजार २८५ रुपैयाँ थियो । २०७७ बैशाख ३० गते कम्पनीको सेयर मूल्य २९८ रुपैयाँ थियो । २०७८ जेष्ठ ३१ गते कम्पनीको सेयर प्रतिकित्ता ८३० रुपैयाँमा कारोबार भएको छ । कम्पनीको ईपीएस ५.१३, पीई रेसियो १६१.७९ र खुद मूल्य १४४.०१ रुपैयाँ छ ।


क्लिकमान्डु