४ फाइनान्स र २ माइक्रोफाइनान्सको सेयर मूल्यमा चलेखलको आशंका, अध्ययन गर्दै बोर्ड



काठमाडौं । नेपाल धितोपत्र बोर्डले ४ वटा फाइनान्स कम्पनी र २ वटा माइक्रो फाइनान्स कम्पनीको सेयर मूल्यमा चलखेल भएको आशंकामा अध्ययन शुरु गरेको छ ।

बोर्डले सेयर चलखेलको आशंकामा ५१ वटा कम्पनीलाई छनोट गरेको छ । पछिल्लो समय अधिकांश कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा वृद्धि भएको छ ।

सेयर मूल्यमा चलखेल भएको आंशकामा गोर्खाज फाइनान्स, मल्टिप्रपोज फाइनानस, नेपाल फाइनान्स र समृद्धि फाइनान्स छन् । त्यसैगरी घोगीघोडा लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि चलखेल भएको बोर्डको आशंका छ ।

जसमध्ये गोर्खाज फाइन्सको सेयर गत वर्ष वैशाख ३० गते प्रतिकित्ता ११३ रुपैयाँ रहेकोमा अहिले उक्त कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३७९ रुपैयाँ पुगेको छ । अस्वभाविक रुपमा सेयर मूल्य बढेपछि चलखेलको आशंकामा बोर्डले कम्पनीलाई पनि राखेको हो । कम्पनीको इपीएस ४२.०५ रुपैयाँ, पीइ रेसियो ३२.७९ रुपैयाँ र नेटवर्थ १९५.२७ रुपैयाँ छ ।

त्यसैगरी मल्टिप्रपोज फाइनान्सको सेयर मूल्य गत वर्ष वैशाख महिनामा प्रतिकित्ता ११९ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते प्रतिकित्ता ४५३ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ४.८ रुपैयाँ छ भने पीइ रेसियो ९४.३८ रुपैयाँ र नेटवर्थ ११६.७३ रुपैयाँ छ ।

साथै नेपाल फाइनान्सको सेयर मूल्य गत वर्षको वैशाख ३० गते प्रतिकित्ता ११९ रुपैयाँ रहेकोमा गत जेठ ३१ गते सेयर मूल्य बढेर ५०४ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस २.११ रुपैयाँ, पीइ रेसियो २३८.८६ रुपैयाँ र नेटवर्थ १३६.८६ रुपैयाँ छ ।

साथै समृद्धि फाइनान्सको सेयर मूल्यमा पनि चलखेल भएको हुन सक्ने बोर्डको आंशका छ । कम्पनीको गत वर्षको वैशाख ३० गते सेयर मूल्य प्रतिकित्ता ९७ रुपैयाँ रहेकोमा अहिले उक्त कम्पनीको सेयर मूल्य बढेर ४५१ रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस १.७८ रुपैयाँ, पीइ रेसियो २५३.३७ रुपैयाँ र नेटवर्थ ६२.९३ रुपैयाँ छ ।

साथै घोडाघडी लघुवित्त वित्तीय संसको सेयर मूल्य गत वर्ष अर्थात् २०७७ बैशाख ३० गते प्रतिकित्ता ७०५ रुपैयाँ रहेकोमा पछिल्लो समयमा लघुवित्तको सेयर प्रतिकित्ता ८३० रुपैयाँ पुगेको छ । हाल उक्त लघुवित्त मर्जरको प्रक्रियामा रहेकाले दोस्रो बजारमा सेयर कारोबार बन्द छ । कम्पनीको इपीएस १७.७ रुपैयाँ नकारात्मक छ ।

त्यसैगरी पछिल्लो समय आइपीओ जारी गरी दोस्रो बजारमा कारोबार शुरु गरेको कम्पनीको सेयर मूल्य अहिले प्रतिकित्ता ५ हजार ५५० रुपैयाँ पुगेको छ । कम्पनीको इपीएस ८५.६६ रुपैयाँ, पीइ रेसियो ५८.९५ रुपैयाँ र नेटवर्थ २९१.८४ रुपैयाँ छ ।


क्लिकमान्डु