सामाजिक सुरक्षा कोषमा कुन बैंकका कति कर्मचारी आवद्ध भए ? र, कति योगदान गरे ?



काठमाडौं । नयाँ युगको शुरुवात भन्दै सरकारले ३ वर्षअघि धुमधामका साथ शुरु गरेको सामाजिक सुरक्षा कोषमा आबद्ध हुनका लागि बैंक तथा वित्तीय संस्थाले इन्कार गरेका छन् ।

सरकारले पटक-पटक समय सीमा बढाएर आबद्ध हुन आग्रह गरे पनि ऐनमा भएका कतिपय व्यवस्थामा अझै सम्बोधन नभएको भन्दै उनीहरुले आबद्ध हुन आलटाल गरिरहेका छन् ।

सामाजिक सुरक्षा कोषका अनुसार हालसम्म २७ वटा वाणिज्य बैंकमध्ये जम्मा ८ वटा बैंकमात्रै आबद्ध भएका छन् । भारतको आइसीआईसीआई बैंकको शाखा पनि कोषमा आबद्ध भएको छ ।

बैंकलाई जवर्जस्ती आवद्ध नगराउन सामाजिक सुरक्षा कोषलाई बैंकर्स संघले भोलि पत्र पठाउने

तर, कोषमा आबद्ध भए पनि उनीहरुले सम्पूर्ण कर्मचारी तथा त्यसवापत कोषमा जम्मा गर्नुपर्ने रकम भने गरेका छैनन् ।

कोषका अनुसार हालसम्म जम्मा ८ बैंक सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । तर, सो वापत कर्मचारीको संख्या र त्यसवापतको रकम जम्मा गर्ने विषयमा हेलचेक्र्याईं गर्दै आएको कोषको भनाइ छ ।

कोषका अनुसार आइसीआइसीके शाखासहित ९ वटा बैंकका १ हजार ७३८ जना कर्मचारी कोषमा आबद्ध भएका छन् । जसमध्ये ती बैंकहरुले कोषमा १ करोड २४ लाख १ हजार ८९६ रुपैयाँ ३२ पैसा जम्मा भएको छ ।

सामाजिक सुरक्षा कोषविरुद्ध आन्दोलन गर्ने वित्तीय क्षेत्रका कर्मचारीको चेतावनी

कोष स्रोतका अनुसार उक्त रकममध्ये ९५ प्रतिशत रकम लक्ष्मी बैंकले मात्रै जम्मा गरेको हो ।

बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले कोषको ऐनमा भएको व्यवस्था अनुसार कोषमा आबद्ध नहुँदा नै फाइदा भएको भन्दै इच्छा नदेखाएका हुन् । उनीहरुले कोषमा आबद्ध हुन आफूहरुलाई कुनै समस्या नभए पनि ऐनमा भएको व्यवस्थामा आफ्ना माग सम्बोधन नभए आबद्ध हुनुको कुनै औचित्य नभएको स्पष्ट पारिसकेका छन् ।

उनीहरुले सरकार समक्ष नै आफू असन्तुष्ट भएका विषयमा स्पष्ट रुपमा व्यक्त गरे पनि सरकारले कार्यविधि संशोधन गर्न तत्पर नदेखिएको आरोप लगाउँदै आएका छन् ।

कुन बैंकका कति ?

कोषमा आबद्ध हुने सबैभन्दा धेरे कर्मचारीमा लक्ष्मी बैंकका कर्मचारी छन् । लक्ष्मी बैंकका १ हजार २९० जना कर्मचारी कोषमा आबद्ध भएका छन् । यो वाणिज्य बैंकका कोषमा आबद्ध भएका कुल कर्मचारीमा ७४.२२ प्रतिशत हो ।

‘साहू पोस्ने र कर्मचारी सोस्ने’ सामाजिक सुरक्षा कोषमा आवद्ध हुन सकिँदैनः पदमराज रेग्मी

त्यसैगरी प्राइम बैंकका १ सय जना, एनसीसी बैंकका १८९ जना, प्रभु बैंकका १०० जना, सिभिल बैंकका ८८ जना, ग्लोवल आइएमई बैंकका १० जना र मेगा बैंकका ४० जना कर्मचारी कोषमा आबद्ध भएका छन् ।

त्यसैगरी आइसीआइसीआइ बैंकबाट १ जना कर्मचारी आबद्ध छन् भने स्ट्यान्डर्ड चार्टर्ड बैंक कोषमा आबद्ध भए पनि हालसम्म एकजना कर्मचारी पनि आबद्ध भएका छैनन् । चार्टर्ड बैंक १÷२ दिनमै आवद्ध हुने कोषले जनाएको छ ।

मेट लाइफका कर्मचारीको चेतावनीः गाँसै खोसेर समाजिक सुरक्षा कोषमा आवद्ध गराए द्वन्द्ध हुन्छ

कोषका अनुसार हालसम्म कोषमा कुल आबद्ध संस्थाहरुको संख्या १४ हजार २०८ छ । साथै ती संस्थाका २ लाख २४ हजार १६१ कर्मचारीले हालसम्म कोषमा ५ अर्ब ९६ करोड रुपैयाँ जम्मा गरेका छन् ।

तामझामका साथ सुरु गरिए पनि आकर्षक प्याकेज ल्याउन नसक्दा सामाजिक सुरक्षा कोषलाई कर्मचारीहरुले बोझका रुपमा लिएका छन् ।


पुष्प दुलाल