प्रि-ओपनिङमा ६७ कम्पनीको कारोबार, २१.८५ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । बुधबारको प्रि-ओपनिङमा नेप्से परिसूचक २१.८५ अंकले बढेर २७९३.२२ अंकमा पुगेको छ ।
प्रि-ओपनिङमा ६७ कम्पनीको कारोबार भएको छ । जसमा ३८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
प्रि-ओपनिङमा कमाउने शीर्ष कम्पनीमा सेञ्चुरी बैंक, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, प्रभु बैंक, ज्योति लाइफ इन्स्योरेन्स र तारागाउँ रिजेन्सी होटल छन् ।
त्यसैगरी सबैभन्दा बढी गुमाउने कम्पनीमा अजोड इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, सुर्या लाइफ इन्स्योरेन्स र हिमाल दोलखालगायतका कम्पनी छन् ।