चीनले दिने १० लाख डोज खोप भोलि काठमाडौं आइपुग्ने
काठमाडौं । चीन सरकारले अनुदानमा दिन लागेको १० लाख डोज खोप लिन सोमबार नेपाल एयरलाइन्स त्यसतर्फ जाँदै छ ।
नेपाल एयरलाइन्सले चीनबाट प्राप्त १० लाख डोज खोप लिएर मंगलबार दिउँसो नेपाल आइपुग्ने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका समकक्षीबीच केही दिन अघि भएको फोन वार्तापछि चीन सरकारले नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको थियो ।