मूल्य अभिबृद्धि करको खरिद र बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराउने व्यवस्था खारेज



काठमाडौं । करदातालाई सरकारले बजेट मार्फत सहुलियत दिएको छ । आर्थिक वर्ष सुरु भएपछि कम्पनी तथा फर्मले आफ्नो खरिद तथा बिक्री खाता कर अधिकृतबाट प्रमाणित गराउनुपर्ने व्यवस्था थियो ।

सरकारले आगामी आर्थिक वर्षदेखि मूल्य अभिबृद्धि कर(भ्याट)को बिक्री र खरिदखाता कर अधिकृतबाट प्रमाणित गराउने व्यवस्था खारेज गरेको हो ।

यद्यपी कम्पनी तथा फर्मले बिक्री तथा खरिद खाता कम्पनी आफैले प्रमाणित गरेर राख्नुपर्छ । कर अधिकृतले चाहेको बेला भने जुनसुकै समयमा हेर्न सक्छ ।

यसअघि साउन महिनाभित्र भ्याटको खरिद र बिक्री खाता कर अधिकृतबाट प्रमाणित नगराएमा १० हजार जरिवाना लाग्ने व्यवस्था थियो ।


क्लिकमान्डु