५ प्रतिशत ब्याजदरमा १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जा



काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जा वितरण गर्न १३ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट विनियोजन गरी सो रकम सरकारी अनुदानमा कर्जा प्रवाह गरिने बताएका हुन् ।

उनका अनुसार उक्त रकम ५ प्रतिशत ब्याजदरमा लघु साना तथा मझौला उद्यम, व्यवसायिक कृषि, महिला उद्यम तथा विदेशबाट फर्किएका युवाले तोकिएको बैंक तथा वित्तीय संस्थाबाट उपयोग गर्न पाउनेछन् । जसको कार्यान्यवन नेपाल राष्ट्र बैंकले गराउने व्यवस्था गरिने उनले बताए ।


क्लिकमान्डु