बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा ‘सर्ट टर्म ट्रेडिङ’ गर्न राष्ट्र बैंकले प्रतिवन्ध लगायो



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर बजारमा हुने लगानीलाई थप कडाइ गरेको छ । मंगलबार परिपत्र जारी गर्दै केन्द्रीय बैंकल बैंक तथा वित्तीय संस्थाहरुलाई दास्रो बजारमा लगानी गर्न कडाइ गरेको हो ।

नयाँ व्यवस्थाअनुसार कुनै पनि कम्पनीको दोस्रो बजारमा सूचिकृत भएको एक वर्षभन्दा कम समयका लागि लगानी गर्न पाइने छैन ।

राष्ट्र बैंकसँग ‘मल्टाइ फेसिटेड कन्सियसनेस’ छ: डेपुटी गभर्नर

‘सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइनेछ । बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको शेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्,’ राष्ट्र बैंकले भनेको छ ।

सेयर बजार किन उत्ताउलो, नियन्त्रण खोजेको हो ?

त्यसैगरी खरिद गरेको एकवर्ष व्यतीत भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्नेछन् । यसअघि बैंकहरुले आफ्नो प्राथमिक पुँजीको ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो । अहिले बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा ४० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन् ।

केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा सेयरको आश्चर्यजनक कारोबार

कोरोना महामारी नियन्त्रण गर्न सरकारले १५ महिनादेखि पटक-पटक लकडाउन र निषेधाज्ञा जारी गरेका कारण आर्थिक गतिविधिहरु खासै हुन सकिरहेको छैन । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुले सेयर बजारमा छोटो समयका लागि खेलेर राम्रो आम्दानी गर्दै आएका थिए । जसकारण सेयर बजार सूचक नेप्से इन्डेक्स र कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ ।

पुँजी बजारमा एकैदिन १३ अर्ब रुपैयाँसम्मको कारोबार भएको थियो । देशको अर्थतन्त्र थप कमजोर बन्दै गर्दा र सूचीकृत कम्पनीहरुले राम्रो वित्तीय विवरण सार्वजनिक नगर्दा पनि नेप्से सूचकले दिनैपिच्छे नयाँ नयाँ रेकड कायम गर्नु स्वाभाविक थिएन । यही अस्वाभाविक उछाललाई रोक्न राष्ट्र बैंकले कडाइ गरेको हो ।

बैंक तथा वित्तीय संस्था र केही ठूला खेलाडीले सेयर बजारलाई अस्वाभाविकरुपमा निरन्तर बढाउन थालेपछि राष्ट्र बैंकले कडाइ गर्नुपरेको हो ।


क्लिकमान्डु