नेपाल पक्षले ओलीलाई दियो भोलि ९ बजेसम्मको अल्टिमेटम



काठमाडौं । माधव नेपाल पक्षले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको छ ।

आइबास साँझ माधव पक्षका सांसदहरुको बैठकले उक्त निर्णय गरेको एमाले नेता योगेश भट्टराईले जानकारी दिए ।

‘अध्यक्षज्यूलाई भोलि बिहान ९ बजेसम्मका लागि समय दिएका छौं, हाम्रा २ वटा सर्त छन् । जसमध्ये पहिलो २०७५ जेठ २ गते अगाडिको अवस्थामा पार्टीलाई लैजाने र अर्को आगामी दिनमा सहमतिमा पार्टीलाई अघि बढाउने,’ उनले भने ।

अध्यक्ष ओलीले भोलि बिहान ९ बजेसम्म पनि दुबै सर्त मानेर प्रतिबद्धता नजनाए साढे ९ बजे आफूहरुले कठोर निर्णय लिने बताए । तर उनले राजीनामा दिने वा फ्लोस क्रस गर्ने भन्नेबारेमा भोलि नै निर्णय गर्ने बताए ।

‘सबै माननीयज्यूहरुलाई भोलि संसदमा बिहानै उपस्थित हुन भनेका छौ, भनेपछि तपाईं आफै बुझ्नुहोस्’ उनले भने ।

भट्टराईले आजै ओलीले जारी गरेको प्रेस वक्तव्यमा भएको आरोप चिन्ताजनक रहेको समेत बताए ।

ओलीका प्रतिनिधिहरु सुवास नेम्वाङ र विष्णु पौडेलसँग सिंहदरबारमा भएको छलफलपछि माधव नेपाल समबहको बैठक बसेको थियो ।

ओलीले स्वेच्छाचारी ढंगले पार्टी अगाडि बढाएको भन्दै ओलीलाई विश्वासको विफल बनाउनका लागि माधव पक्षले राजीनामा लागि हस्ताक्षर संकलन गरिसकेको छ ।


क्लिकमान्डु