सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढ्यो



काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको सुनको मूल्य शुक्रबार ११ सय रुपैयाँले बढेर ९१ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको थियो भने शुक्रबार ९१ हजार २ सय रुपैयाँ कायम भएको छ । साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १३ सय १५ रुपैयाँ थियो भने शुक्रबार ३५ रुपैयाँ बढेर १३ सय ५० रुपैयाँ मूल्य कायम भएको छ ।


क्लिकमान्डु