सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो



काठमाडौं । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको सुनको मूल्य बिहीबार ३ सय रुपैयाँले बढेर ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बुधबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको थियो भने बिहीबार ९० हजार १ सय रुपैयाँ कायम भएको छ । साथै, बुधबार चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ थियो भने बिहीबार ५ रुपैयाँ घटेर १३ सय १५ रुपैयाँ मूल्य कायम भएको छ ।


क्लिकमान्डु