प्रधानमन्त्रीको ट्विटर ह्यान्डल फेरि दुरुपयोग



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्विटर ह्यान्डल फेरि दुरुपयोग भएको छ ।

बुधबार दिउँसो ३ बजेर ४० मिनेटमा एउटा ट्विटमा रिप्लाइ दिने क्रममा उनको ट्विटर ह्यान्डल दुरुपयोग भएको हो ।

पत्रकार प्रकाश तिमिल्सिनाले नागरिक एपबारे गरेको एक ट्विटमा आएको रिप्लाइलाई सम्बोधन गर्दै उनको ट्विटर ह्यान्डलबाट उक्त ट्विट भएको छ ।

उनको ट्विटर ह्यान्डलबाट लेखिएको छ, ‘अब प्रतिवाद गर्न कुनै तर्क तथ्य नभएसी यस्तै ढिच्च दाँत देखाउने अनि हसायो भन्ने ।’

यो रिप्लाइ फेकप्रसाद शर्मा नामक ट्विटर अकाउन्टमा दिइएको रिप्लाइ थियो । यद्यपि उक्त ट्विट तुरून्तै डिलिट पनि गरिएको छ ।

यसअघि पनि पटक पटक प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट यस्ता क्रियाकलाप भएका छन् ।

 


क्लिकमान्डु