राष्ट्रपतिले जारी गरिन ७ वटा अध्यादेश



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ७ वटा अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेकी हुन् । जसमध्ये यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धि केही संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) २०७८, संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी छन् ।

त्यसैगरी नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन सुरपरीवेक्षण समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।


क्लिकमान्डु