काठमाडौंमा निषेधाज्ञा वैशाख २९ गतेसम्म थपियो, पसल बिहान ७ देखि ९ बजेसम्म खोल्न पाउने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ ।
मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु बीच भएको बैठकपछनि उक्त निर्णय गरिएको हो ।
अव निषेधाज्ञालाई अझ कडा पार्दै पसल पनि विहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न दिने निर्णय भएको छ ।