राप्रपा अध्यक्ष कमल थापाले भने- संघीयता खारेज गरौं



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले संघीयता खारेज गर्नु बेस भएको बताएका छन् ।

सोमबार सुदुरपश्चिम प्रदेश र गण्डकी प्रदेशका प्रदेश प्रमुख हटाइएपछि उनले भने, ‘राजनीतिक स्वार्थ र दाउपेचमा प्रयोग गर्ने उद्देश्य राखी प्रदेश प्रमुख जस्तो गरिमामय संवैधानिक पदमा रहेका व्यक्तिलाई जतिबेला मनलाग्यो हटाउने र राख्ने सरकारको काम गलत र संविधानको भावना विपरीत छ । यो कार्य स्वेच्छाचारी र सर्वसत्तावादको द्योतक हो । यस्तो काम गर्नुभन्दा संघीयता खारेज गर्नु बेस ।’

सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सुदरपश्चिम प्रदेशका प्रदेशप्रमुख शर्मीलाकुमारी पन्त र गण्डकी प्रदेशका प्रदेशप्रमुख अमिक शेरचनलाई हटाएकी थिइन् ।

सोमबार नै सुदुरपश्चिम सप्तरीका गंगाप्रसाद यादव र गण्डकी प्रदेशको प्रदेशप्रमुखमा चितवनकी सीताकुमारी पौडेललाई नियुक्त भएका छन् ।


क्लिकमान्डु