होटल क्वारेन्टिनः सिंगल बेडलाई २५ सय र डबल बेडका लागि ४ हजार प्रस्ताव, हानद्वारा अस्वीकार



काठमाडौं । सरकारले होटन एसोसिएसन नेपाल (हान)सँग होटल क्वारेन्टिनका लागि शुल्क प्रस्ताव गरेको छ ।

सोमबार पर्यटन मन्त्रालयमा पर्यटन सचिव यादवप्रसाद कोइराला, पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी र हानका पदाधिकारीबीच यस विषयमा छलफल भएको थियो ।

जसमा सरकारले हानका पदाधिकारी समक्ष होटल क्वारेन्टिनका लागि सिंगल बेडलाई २५०० र डबल बेडका लागि ४ हजार रुपैयाँ शुल्कको प्रस्ताव गरेको थियो ।

क्वारेन्टिन र आइसोलेसनका लागि होटल कति सहज ?: यसो भन्छन्- हानका उपाध्यक्ष शाह

जसमा हानले सबै स्तका होटलमा उक्त शुल्कमा सेवा दिन नसकिने भन्दै अस्वीकार गरेको हानका महासचिव साजन शाक्यले जानकारी दिए ।

उनका अनुसार सबै स्तरका होटलले उक्त शुल्कमा सेवा दिन नसक्ने भन्दै शुल्क बढाउनु पर्ने माग गरेको बताए ।

हानका प्रथम उपाध्यक्ष बिनायक शाहले होटल क्वारेन्टिनका लागि ठूलो खर्च लाग्ने भएकाले हानको सहमतिमा शुल्क तोक्नु पर्ने बताए ।


क्लिकमान्डु