जनगणनामा खटिने गणक र सुपरीवेक्षकको तालिम स्थगित



काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा खटिने गणक र सुपरीवेक्षकको तालिम स्थगित भएको छ ।

तथ्यांक विभागका महानिर्देशक नेबिललाल श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि तालिमको काम स्थगित भएको बताए ।

‘हामी तयारी अवस्थामा थियौं । ९ हजार सुपरीवेक्षकको तालिम पनि शुरु भइसकेको थियो । तर महामारी रोकथाम तथा नियन्त्रणका लागि सबैतिर निशेधाज्ञा जारी भएपछि तालिम स्थगित गरिएको हो,’ श्रेष्ठले क्लिकमाण्डुसँग भने ।

अहिले सुपरीवेक्षकको तालिम चलिरहेको छ भने गणकको सर्टलिस्ट हुन बाँकी छ ।

उनका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको भएपनि निर्णय विभागमा भने आइसकेको छैन ।

‘जनगणनामा खटिने गणक र सुपरीवेक्षकको तालिम आइतबारको मन्त्रिपरिषदबाट निर्णय भएको भन्ने अनौपचारिक जानकारी आएको छ । तर लिखित निर्देशन आइसकेको छैन,’ श्रेष्ठले भने ।


क्लिकमान्डु