विदामा रहेका कर्मचारीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको निर्देशन



काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  विदामा रहेका सबै कर्मचारीहरुलाई काममा फर्कन निर्देशन दिएको छ ।

मन्त्रालयले आफू मातहतका सबै विभागहरुलाई निर्देशन जारी गर्दै स्वास्थ्यकर्मीका अभावका कारण विरामी रहेका कर्मचारीहरुलाई समेत बोलाएको हो ।

हाल अध्ययन नभएको बताउँदै मन्त्रालयले अध्ययन बिदामा रहेका कर्मचारीलाई समेत काम फर्कन निर्देशन दिएको छ ।

जारी निर्देशनअनुसार सम्बन्धित विभागले अध्ययन विदामा रहेका हाल अध्ययन नभएको अबस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई आआफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भै सेवा दिन खटाउनुपर्ने छ ।

विभिन्न चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू तथा अध्यापन गराउने सम्पूर्णलाई सम्वन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालहरुमा खटाउनु पर्नेछ ।

विदेश जानेहरुको पीसीआर परीक्षण गर्ने सम्बन्धमा सबै सरकारी पीसीआर प्रयोगशाला र न्यूनतम १०० वेड भएका अस्पतालमा आधारित रहेका पीसीआर र ‘ए’ वर्गका प्रयोगशालाहरुले गर्ने व्यवस्था मिलाउनुपर्ने छ । पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालाहरुले २४ घण्टा सातै दिन नमूना लिने व्यवस्था मिलाउनु पर्नेछ ।


क्लिकमान्डु