आयल निगमलाई पाक्षिक १०० करोड घाटा, निगम भन्छः तत्काल मूल्य बढ्दैन
काठमाडौं । नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । निगमले आज एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि मूल्य नबढाउने स्पष्ट पारेको हो ।
मे १ तारिखमा इन्डियन आयल कर्पोरेसनबाट नयाँ मूल्यसूचि अनुसार खरिद मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएकाले पेट्रोलमा प्रतिलिटर ८.७६ रुपैयाँ, डिजलमा प्रतिलिटर ३.४२ रुपैयाँ, एलपी ग्याँसमा प्रतिसिलिण्डर ३७५.१३ रुपैयाँ निगमलाई घाटा छ ।
जसले गर्दा निगमलाई पाक्षिकरुपमा १०० करोड घाटा भएको निगमको भनाइ छ ।
‘निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार मूल्य समायोजन गर्नुपर्ने भए पनि हाल कोरोनाको दोस्रो लहरले देशको समग्र आर्थिक स्थितीलाई विषम परिस्थितीमा पुर्याउन सक्ने अवस्था रहेको हुँदा निगमले यो स्थितीलाई गम्भीरतापूर्वक मनन गरी मूल्य नबढाउने निर्णय भएको हो,’ निगमले भनेको छ ।