२२ वटा नाका बन्द गर्न र निर्माण काममा खटिने मजदुरलाई उद्योगभित्रै राख्न सिफारिस

756
Shares

काठमाडौं कोरोना भाइरसको संक्रमणदर बढेसँगै सीसीएमसीले निषेधाज्ञा थप कडा पार्ने तयारी गरेको

शुक्रबार बसेको सीसीएमसीको बैठकले भारतसँग जोडिएका २२ वटा नाका पूर्णरुपमा बन्द गरी १३ वटा मात्रै नाका खुला राख्नेसिफारिस गरेको सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोख्रेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए

बैठकले निजी भवन निर्माणका काम बन्द गर्न तथा सार्वजनिक निर्माणमा मजदुर उद्योगभित्रै राखेर सञ्चालन गर्न दिने सिफारिस गरेको उनले जानकारी दिए अब सार्वजनिक निर्माणका उद्योगहरु चलाउनु पर्ने भए उद्योगभित्रै मजदुर राख्ने व्यवस्था गर्नुपर्ने सिफारिसमा उल्लेख