सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घट्यो
काठमाडौं । निषेधाज्ञाको दोस्रो दिन सुनको मूल्यमा गिरावट देखिएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । जबकी बिहीबार सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी तेजावी सुनको मूल्य पनि घटेको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रुपैयाँ कायम भएको छ । बिहीबार यो मूल्य ९० हजार ३०० रुपैयाँ थियो ।
त्यसैगरी शुक्रबार चाँदीको मूल्य प्रतितोला १२९५ रुपैयाँ कायम भएको छ ।