३ दिनमा २ लाखबढीले छाडे उपत्यका



काठमाडौं । सरकारले निषेधाज्ञाको घोषणा गरेसँगै काठमाडौं उपत्यकामा छाड्नेको संख्या बढेको छ ।

नयाँ भेरियन्टको कोरोना भाइरसको प्रकोप बढ्न थालेसँगै सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधज्ञाको घोषणा गरेको छ ।

गत सोमबार सरकारले उपत्यकामा निषेधज्ञा लगाउने घोषणा गरेको थियो । निषेधज्ञाको घोषणा गरिएको ३ दिनको अवधिमा २ लाखभन्दा धेरैले उपत्यका छोडेका छन् ।

ट्राफिक प्रवक्ता श्यामकृष्ण अधिकारीले सोमबार ४५ हजार, मंगलबार ५० हजार र बुधबार १ लाख २० हजारले उपत्यका छोडेको जानकारी दिए । निषेधाज्ञा घोषणा हुनु अघि दैनिक औषतमा ४० हजार जना उपत्यका बाहिरिने तथा भित्रिने गर्दथे ।

कोभिडको कारण उपत्यकाको स्वस्थ्य अवस्था विराल बन्ने खतरा उत्पन्न भएसँगै सरकारले निषेधाज्ञाको घोषणा गरेको छ । २०७७ चैत ११ मा पनि कोरोनाको प्रकोप बढेसँगै सरकारले लकडाउन घोषणा गरेको थियो ।

तत्कालिन समयमा सरकारले छोटो समयमा लकडाउनको घोषणा गरेकाले धेरै जना समयमै आफ्नो गन्तव्यसँग पुग्न सकेका थिएन् । लकडाउनको समयावधि लम्बिदै गर्दा मानिसहरु पैदल यात्राबाटै आफ्नो थतथलोसम्म जान बाध्य भएका छन् ।


क्लिकमान्डु