निषेधाज्ञामा पनि पेट्रोल पम्प बन्द नहुने



काठमाडौं । निषेधाज्ञाको अवधिमा पनि काठमाडौं उपत्यकामा पेट्रोल पम्प खुला हुने भएका छन् ।

निषेधाज्ञामा पनि पेट्रोलियम पदार्थ सहज र सरल ढंगबाट आपूर्ती र विक्री वितरणको व्यवस्था मिलाउनका लागि नेपाल आयल निगमको बाग्मती प्रदेशिक कार्यालय थानकोट खुला रहने निगमले जानकारी दिएको छ ।

साथै उपत्याकाका तीन वटै जिल्लाका आधिकारिक बिक्रेता (पेट्रोल पम्प)हरु खुला नै रहनेछन् ।

सरकारले काठमाडौं उपत्यकामा वैशाख १६ गते विहान ६ बदेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । साथै अत्यावश्यक सवारी साधन चल्न दिने समेत निर्णय गरेको छ ।

जस अन्तर्गत सञ्चारमाध्यम, अस्पताल, अत्यावश्यक ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स,  स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन, खानेपानी, स्वास्थ्य, तरकारी,  फोहोरमैला, दुध तखा दुग्घजन्य पदार्थ बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दुरसञ्चार, इन्टरनेट, क्वारेन्टिन तथा आइसोलेसनका  सवारी साधन चल्न पाउनेछन् ।


क्लिकमान्डु