अक्सिजन सिलिण्डरलगायतका जीवनदायक वस्तुमा कर छुट दिने सरकारको निर्णय



काठमाडौं । सरकारले अक्सिजनका सिलिण्डरलगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले उक्त जानकारी दिए ।

‘जीवनदायक अक्सिजन सिलिण्डरलगायतका मालवस्तुमा कर छुट दिने निर्णय गरेको छ,’ उनले भने ।

कोरोना महामारीको जोखिम बढ्दै जाँदा अक्सिजनको अभाव हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले उक्त निर्णय गरेको हो । हाल छिमेकी मुलुक भारतमा अक्सिजनको अभाव भइरहेका समाचारहरु आइरहेका छन् ।


क्लिकमान्डु