एनआइसी एशिया बैंकको नाफा ३ अर्बबढी



काठमाडौं । एनआइसी एशिया बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा खुद नाफा ३ अर्ब ४८ लाख रुपैयाँ गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा २०.०७ प्रतिशतले बढी हो बैंकले गत आवको सोही अवधिमा २ अर्ब ५० करोड रुपैयाँ आर्जन गरेको थियो ।

बैंकले समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि बढाएको छ । बैंकले गत आवको समीक्षा अवधिमा ५ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी ६ अर्ब ५८ करोड रुपैयाँ पुर्याएको छ ।

त्यसैगरी सञ्चालन नाफा ३ अर्ब ६० करोड रुपैयाँबाट बढाएर ४ अर्ब ३९ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको ७ अर्ब ३९ करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा १ अर्ब २२ करोड रुपैयाँ छ ।

बैंकको प्रतिसेयर आम्दानी ३४.८७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २७.८२ रुपैयाँ छ ।

बैंकको खराब कर्जा ०.४७ प्रतिशत छ भने कस्ट अफ फण्ड ५.०३ प्रतिशत, सीसीडी रेसिया ८४.२१ प्रतिशत छ ।


क्लिकमान्डु